Friday, May 3Nepal News Portal
Shadow

आजदेखि बजेटमाथि छलफल हुने


काठमाडौं । संसद्‌मा आजदेखि सरकारको वार्षिक बजेटमाथि छलफल हुने भएको छ । छलफलका लापग प्रतिनिधिसभाको बैठक बोलाइएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान ११ बजे बस्ने गरी बोलाइएको हो ।

बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले वक्तव्यसहित ‘आ.व. २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

त्यसपछि बजेटमाथि छलफल सुरु हुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

यस्तै, बैठकमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची समेत छ । संवैधानिक व्यवस्थाबमोजिम यही जेठ १५ गते अर्थमन्त्री डा. प्रकाशशरण महतले दुवै सदनको संयुक्त बैठकमा १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट पेस गरेका थिए ।

Total Page Visits: 101 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्