Saturday, May 18Nepal News Portal
Shadow

नेप्सेमा सामान्य गिरावट


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन सोमबार सामान्य अंकले घटेको छ । आज नेप्से २.९४ अंकले घटेर दुई हजार ९१.३९ विन्दुमा बन्द भएको छ । आइतबार नेप्से ५२.२६ अंकले बढेर २ हजार ९४.३३ विन्दुमा बन्द भएको थियो ।

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज ४ अर्ब ७४ करोड ६ लाख ८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा ४ अर्ब ८६ करोड ९१ लाख ८४ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएका ८० कम्पनीको शेयरमूल्य बढेको छ भने १४२ कम्पनीकोे शेयरमूल्य घटेको छ । एक वटाको शेयरमूल्य स्थिर रहेको छ ।

आज ९ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । सेन्ट्रल फाइनान्स, लक्ष्मी इक्विटी फण्ड, माउन्टेन इनर्जी शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

त्यस्तै, आज सबैभन्दा बढी युनिक नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको आज २९ करोड ८२ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

Total Page Visits: 122 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्