Saturday, May 18Nepal News Portal
Shadow

पछिल्लो २४ घण्टामा थप ११९ जनामा कोरोना पुष्टि


काठमाडौं, (ससं) । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय १९ जना कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार ९ सय २५ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार २ सय ६० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६८ हजार ७२ पुगेको छ।

हाल देशभर १ हजार ८ सय १५ जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घण्टामा २ हजार २ सय ५१ पीसीआर परीक्षण भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा गत २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ३८ पुगेको छ।

Total Page Visits: 514 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्