Friday, May 10Nepal News Portal
Shadow

त्रिवि सेवा आयोगले उपप्राध्यापकदेखि प्राध्यापकसम्मको लागि ५८८ कर्मचारी माग्योे


काठमाडौं, (ससं) । त्रिभूवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका क्याम्पसमा विभिन्न विषय अध्यापन गराउन चाहनेका लागि उपप्राध्यापकदेखि प्राध्यापकसम्मको आवेदन खुला भएको छ।
त्रिभूवन विश्वविद्यालय सेवा आयोगले आइतबार (आज) गोरखापत्रमा सूचना निकालेर विभिन्न विषयमा प्राध्यापक, सहप्राध्यापक तथा उपप्राध्यापक पदमा जागिर खुलाएको हो।

आयोगले १४ प्राध्यापक, २४ सहप्राध्यापक र पाँच सय ५० उपप्राध्यापक पदमा आवेदन माग गरेको हो। खुला तर्फबाट आवेदन माग गरिएको र आउँदो चैत १४ गतेसम्म फारम भर्न सकिने आयोगले जनाएको छ। प्राविधिक तथा गैरप्राविधिक विषयमा प्राध्यापक माग गरिएको हो।

प्राध्यापक पदका लागि तीन हजार पाँच सय र सहप्राध्यापकका लागि तीन हजार दुई सय आवेदन दस्तुर लाग्नेछ।

Total Page Visits: 461 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्