Monday, May 20Nepal News Portal
Shadow

ज्योति लाइफको आईपीओ निष्कासन मिति सर्‍यो


काठमाडौं, (ससं) । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको सर्वसाधारण शेयर (आईपीओ) निष्कासनको मिति अघि सर्ने तयारी गरेको छ । कम्पनीको विक्री प्रबन्धक एनएमबि क्यापिटलले यसअघि यही फागुन २३ गतेदेखि आईपीओ निष्कासन गर्ने तयारी गरेको गरेको भएपनि २ दिन अगाडि सार्ने तयारी गरेको हो । सीडीएस एण्ड क्लियरिङ लिमिटेडले सिष्टममा प्राविधिक कठिनाइ आउन सक्ने भन्दै निष्कासनको मिति सार्न सुझाएपछि कम्पनीले फागुन २१ गते (शुक्रबार) देखि निष्कासनको तयारी गरेको हो ।

यसका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिइसकेको बोर्डका प्रवक्त निरज गिरीले जानकारी दिए । साथै कम्पनीको विक्री प्रबन्धक एनएमबि क्यापिटलका बिजनेश चिफ अफिसर कमल नेपालले यसको पुष्टि गरेका छन् । ‘आइपीओ निष्कासनको मिति सार्नेबारे सेबोनसँग कुराकानी भइसकेको छ, यससम्बन्धी अन्तिम पत्र आउन भने बाँकी छ ।’ यससम्बन्धी सूचना कम्पनीले सम्भवतः भोलि ९बुधवार० सार्वजनिक गर्ने जानकारी उनले दिए ।

मिति परिवर्तन भएसँगै कम्पनीको आईपीओमा छिटोमा फागुन २६ र ढिलोमा चैत ६ गतेसम्ममा आवेदन दिन सकिनेछ ।

कम्पनीले एक सय रुपैयाँका दरले ६६ करोड बराबरको ६६ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । तीमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ३३ हजार कित्ता सामूहिक लगानी कोषलाई र तीन लाख ३३ हजार कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । बाँकी रहेको ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओका लागि फागुन २८ गतेसम्म आवेदन दिन सकिनेछ । आईपीओ निष्कासनका लागि एनएमबी क्यापिटल बिक्री प्रबन्धक रहेको छ । आईपीओ विक्री तथा वितरणपश्चात् कम्पनीको चुक्ता पूँजी दुई अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।

Total Page Visits: 1389 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्