Sunday, May 12Nepal News Portal
Shadow

३ अर्ब १७ करोडको शेयर कारोबार हुँदा सर्वाधिक खरिद विक्री शिवम् सिमेन्टको


काठमाडौं, १८ असोज (ससं) । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४.७१ अंक वृृद्धि भई १५८५.७६ विन्दुमा रोकिएको छ । आज परिसूचकसँगै कारोबार रकमा पनि वृद्धि भएको हो । आज १९५ कम्पनीको ४५ हजार ७६३ पटकको कारोबारमा एक करोड ७ लाख १३ हजार ७६३ कित्ता शेयर ३ अर्ब १७ करोड ८८ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो । आज सर्वाधिक शेयर मूल्य वृद्धि कर्पाेरेट डेभलपमेन्ट बैंक लिमिटेडको भएको छ । यो बैंकको प्रतिशेयर मूल्य ९.८४ प्रतशित वृद्धि भएको छ । कर्पाेरेटको आज अन्तिम शेयर मूल्य २०१ रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज सर्वाधिक मूल्यको शेयर खरिद विक्री शिवम् सिमेण्ट लिमिटेडको भएको छ । यो कम्पनीको २६ करोड १७ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ । यो कम्पनीको आज प्रतिशेयर मूल्य ८२९ रुपैयाँ कायम भएको छ । त्यसैगरी नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको १९ करोड १५ लाख रपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ । यो कम्पनीको शेयर मूल्य ८९३ कायम भएको छ ।

कारोबारमा आएका १२ समूहमध्ये हाइड्रोपावर र म्यूचुअलफण्ड समूहको परिसूचक घटेको छ भने बाँकी समूहको परिसूचक वृद्धि भएको छ । हाइड्रोपावर समूहको १.१८ प्रतिशत र म्यूचुअल फण्ड समूहको ३.२१ प्रतिशत परिसूचक घटेको हो । सर्वाधिक परिसूचक वृद्धि उत्पादन ताथ प्रशोधन समूहको ४.७८ प्रतिशत भएको छ ।

Total Page Visits: 673 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्