Monday, May 20Nepal News Portal
Shadow

६ जना प्रेमिका एकसाथ गर्भवती, थाहा पाउँदा चकित


काठमाडौं, (ससं) । साच्चै यो विश्व विचित्रको छ । यहाँ हरेक स्वभावका मानिस पाइन्छन् । एउटा कथन छ नि बाचीमात्रै रहनुपर्छ संसारमा के के देख्न र सुन्न पाइन्छ । हो यहि भनाई सार्थक भएको छ ।
अरुले त जे सुकै सोचुन् हैन र यसरी अरुको जीवनका रमाइला र रोचक कुराहरु पढ्दा पनि आफूलाई छुट्टै अनुभूति हुन्छ । ल पढ्नुहोस् एकैपटक ६ जना प्रेमिकालाई गर्भवती बनाएका यी प्रेमीको बारेमा ।

उनी स्टन्टका राजा भन्ने उपनामले पनि परिचित छन् । उनी जहाँ जान्छन् विवाद उनीसँगै उब्जिन्छ । नाइजेरियाका प्रिटी माइक नामक एक पुरुषले एकसाथ आफ्ना ६ जना प्रेमिकालाई गर्भवती बनाए ।

उनको खास नाम माइक इजी न्वाली न्ओगु हो । गत नोभेम्बरमा अभिनेता विलियम्बस उचेम्बोको विवाह समारोहमा उनले आफ्ना ६ जना गर्भवती प्रेमिकालाई सँगै लगे । विवाह समारोहमा आफुसँगै लगेका ६ जना गर्भवती प्रेमिकाको गर्भावस्थाको पेट उनले सुम्सुम्याएको तस्वीर निकै भाइरल बनेको थियो ।

उनले आफू र आफ्ना ६ गर्भवती प्रेमिकाको तस्वीर इन्स्टाग्राममा पोष्ट गर्दै आफूहरु निकै उत्कृष्ट जीवन बिताइरहेको बताएका छन् । स्मरण रहोस् केही वर्षअघि नाइजेरियाको राजधानीको सडकमा केटीहरुलाई कुकुर जस्तै घुँडा टेकाएर परेड खेलाएको आरोपमा उनी पक्राउ परेका थिए ।

यी नाइजेरियन प्ले ब्वायले लागोस नाइट क्लब सञ्चालन गर्दछन् । उनी निकै धनी छन् र पैसा पनि मनग्गे खर्च गर्दछन् । साथै उनले निकै महंगा ब्राण्डका कपडाहरु प्रयोग गर्नुका साथै सुपर कारहरु चढ्दछन् । (एजेन्सी)

Total Page Visits: 1564 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्