Sunday, May 19Nepal News Portal
Shadow

शेयर बजारमा नयाँ कीर्तिमान


काठमाडौं, (ससं) । साताको पहिलो कारोबार दिन आइतबार (आज) नेप्से परिसूचकले नयाँ कीर्तिमान बनाएको छ । आज नेप्से पसूरिचक २५.७१ अंक बढेर २६५७.६१ विन्दुमा रोकिएको हो । फागुन ९ गते २६४० विन्दुमा पुगेर नयाँ कीर्तिमान कायम गरेको थियो । तर, आज उक्त कीर्तिमान तोडिएको हो ।

त्यस्तै आज ८ अर्ब ७७ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । २१२ कम्पनीको १ करोड ७३ लाख ७ हजार २३८ कित्ता शेयर खरिद विक्री भएको छ ।
सर्वाधिक मूल्यको शेयर कारोबार नेपाल इन्फ्राइस्टक्चर बैंक (निफ्रा)को भएको छ । यो बैंकको ४६ करोड ८१ लाख रुपैयाँको शेयर खरिद विक्री भएको हो । आज निफ्राको शेयर मूल्य ५८१ रुपैयाँ कायम भएको छ ।\

कारोबारमा आएका १३ समूहमध्ये ५ वटा समूहको परिसूचक घटेको छ भने बाँकी समूहको परिसूचक वृद्धि भएको छ । सर्वाधिक परिसूचक घट्नेमा उद्योग समूह रहेको छ । यो समूहको परिसूचक ४.३९ प्रतशितले घटेको छ । त्यस्तै सर्वाधिक परिसूचक वृद्धि निर्जीवन बीमा समूहको भएको छ । यो समूहको परिसूचक ३.९७ प्रतिशतले वृद्धि भएको छ ।

Total Page Visits: 484 - Today Page Visits: 3
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्