Friday, May 10Nepal News Portal
Shadow

आज सुनको मूल्यमा सामान्य वृद्धि


काठमाडौं, (ससं) । साताको पहिलो दिन आज आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार एक सय रुपैयाँले बढेर सुनको मूल्य प्रति तोला ९० हजार रुपैयाँ कायम भएको हो ।
त्यस्तै तेजाबी सुनको मूल्य आइतबार प्रति तोला ८९ हजार ५०० रुपैयाँ कामय भएको छ । महासंघका अनुसार यता चाँदीको मूल्यमा भने गत शुक्रबारकै मूल्य कायम भएको छ ।
शुक्रबार प्रतितोला एक हजार २९५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबारका लागि पनि सोही मूल्य कायम भएको छ ।

Total Page Visits: 459 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्