Monday, May 20Nepal News Portal
Shadow

यी ७ काम गर्नुहोस् सजिलै करोडपति !


काठमाडौं, (ससं) । सुखमय जिन्दगी विताउनका लागि मानिसलाई जीवनभर धैरैनै परिश्रम गर्नुपर्छ । तर, केहीको जागिर यस्तो हुन्छ, कयौं वर्ष काम गरेपनि उनीहरुसँग सेभिङका लागि केही बच्दैन् ।
संसारमा केही यस्ता काम र जागिर पनि छन्, जो गर्ने मानिसहरु चाडै र सजिलै करोडपति बन्न सक्छन् ।

१. ब्लगिङ

घरमा आरामपूर्वक बसेर ब्लगिङबाट करोडौ रुपैयाँ कमाउन सकिन्छ । यसका लागि तपाईंको सिर्जनशील लेखनको आवश्यकता पर्छ । प्रख्यात बेबसाइट विजनेश इनसाइडरकाअनुसार सन् २०१६ मा ब्लगिङ पैसा कमाउने सबैभन्दा राम्रो माध्यम बनेको छ ।

वायरलनोवा ब्लका सकान्ट डीलान्गले केवल ८ महिनाभित्र करोडौ रुपैयाँ कमाइसकेका छन् । हर पेजमा आउने गुगल एडका कारण उनको कमाइ धेरै बढिसकेको छ ।

२.इन्स्ट्राग्राम सेलिब्रेटी
सोसल प्लेटफर्म इन्ट्राग्राम प्रयोग काफी गरिन्छ । के तपाईंलाई थाहा छ, त्यसमा रहेको तपाईंको एकाउण्टले करोडपति पनि बनाउन सक्छ रु यसका कयौं उदाहरणहरु छन् । जसमा एक युवती आफ्नो हट फोटो राखेर मोडलिङ कन्टेष्ट जित्छिन् । यसमा सेक्सी फोटो पोष्ट गर्दा कयौं म्यागेजिनलाई समेत तपाईको फोटो मन परेर करोडौमा खरिद गर्न सक्छन् ।

३. युटयुबर
आजभोलि बिना कुनै क्वालिफिकेशनको चाडै पैसा कमाउने सजिलो तरिका बनेको छ—युटयुब । तर, तपाईसँग सेन्सेसन र क्षणभरमै भाइरल हुने भिडियो बनाउनसक्ने खुबी हुनुपर्छ । सन् २०१५—०१६ मा पिउडीपाई, जो गेमिङ भिडियोहरु निर्माण गर्छन् । उनी युट्युबबाट सबैभन्दा धेरै कमाउने ब्यक्ति बनिसकेका छन् । ४९ मिलियनभन्दा बढी सस्क्राइबरका साथ उनको कमाइ करोडौं पुगिसकेको छ ।

४. अनलाइन सेल्स
आजभोलि मानिसहरु अनलाइन सपिङ गर्न मन पराउँछन् । त्यसैले यो पनि राम्रो जब अप्सन बनिसकेको छ । भलै यो पेशाले क्षणभरमै फाइदा दिदैन तर केही समयमै यसमा राम्रो पैसा कमाउन सकिन्छ ।

५। एप डिजाइनर
आजभोलि सबैसँग स्मार्टफोन छ । यदि तपाईले कुनै राम्रो एप बनाउनुभयो भने मानिसहरुलाई मन पर्न सक्छ । एपबाट कयौ मानिसहरुको भाग्य बदलिइसकेको छ । यसमा फेसबुकका मालिक मार्क जुकरवर्ग पनि पर्छन् । कम समयमा पैसा कमाउने यो रोचक तरिका हो ।

६. किताब
यदि तपाईंको दिमागमा कथा बुन्ने क्षमता छ भने किताब लेखेर पनि तपाई कुस्त पैसा कमाउन सक्नुहुनेछ । केवल एक वेष्ट सेलर पुस्तक नै तपाईंलाई करोडपति बनाउन सक्छ ।

७. इभेन्ट म्यानेजर
यदि तपाईं क्रियटिभ हुनुहुन्छ र केही नयाँ इभेन्ट गर्न सक्नुहुन्छ भने इभेन्टले नै तपाईंलाई करोडपति बनाइदिन सक्छ । साथै, केही यस्ता बेवसाइटहरु पनि छन् किकस्टार्टर वा इण्डिएयोगो जसमा तपाईं आफ्नो क्रियटिभ आइडिया शेयर गर्न सक्नुहुन्छ । यदि कसैलाई तपाईंको आइडिया मन परेमा त्यो आइडिया करोडौमा खरिद हुन सक्छ ।

Total Page Visits: 1230 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्