Sunday, May 12Nepal News Portal
Shadow

नजिकैको स्वास्थ्य संस्थामा अक्सिजन डिलिण्डर उपलब्ध गराउँन आयोजनाहरुलाई विद्युुत विकास विभागको अनुरोध


काठमाडौं । विद्युुत विकास विभागले सम्पूूर्ण विद्युत आयोजना तथा प्रबद्र्धक कम्पनीहरुलाई आयोजनाहरुमा भएका अक्सिजन सिलिन्डरहरु नजिकको स्वास्थ्य संस्था तथा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा बुुझाउँन अनुरोध गरेको छ । विभागले महामारीले सृजना भएको विकराल परिस्थितिमा सम्पूर्णले आ–आफ्नो स्थानबाट स्वास्थ्य क्षेत्रमा सक्दो सहयोग गर्न अनुरोध गरेको हो ।

निजी क्षेत्रबाट सञ्चालनमा रहेका र निर्माणधिन जलविद्युत आयोजनाहरुमा भएका अक्सिजन सिलिन्डरहरु नजिकैको स्वास्थ्य संस्था वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी कोभिड–१९ को बिरामीले प्रयोग गर्ने व्यवस्था मिलाईदिन पनि आग्रह गरेको छ ।

Total Page Visits: 740 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्