Saturday, May 18Nepal News Portal
Shadow

निषेधाज्ञाकै बीच बंगलादेशबाट २२ हजार ५०० टन मल नेपाल भित्रियो


काठमाडौं । सरकारले बंगलादेशसँग खरिद गरेको युरिया मलमध्ये आधा नेपाल भित्रिएको छ । बंगलादेशसँग कुल ५० हजार टन युरिया किनिएकामा त्यसमध्ये पहिलो लटको २२ हजार ५ सय टन मल चरणबद्ध रूपमा नेपाल भित्रिएको कृषि सामग्री कम्पनीको प्रदेशस्तरीय कार्यालय वीरगन्ज प्रमुख गोरखनाथ केसीले जानकारी दिए ।

‘२२ हजार ५ सय टनमध्ये १० हजार टन युरिया निषेधाज्ञा अवधिमै भित्रिएको छ,’ उनले भने, ‘बंगलादेशबाट आउने बाँकी २५ हजार टन युरिया पनि चरणबद्ध रूपमा भित्रिनेछ ।’ मुलुकका प्रायः जिल्लामा निषेधाज्ञा जारी रहे पनि मल भित्रिने र परिचालन गर्ने काममा खासै प्रभाव नपरेको केसीको दाबी छ । ‘निषेधाज्ञा अवधिमै माग भएका जिल्लामा युरिया र डीएपी मल परिचालन भइरहेको छ,’ उनले भने, ‘धुलिखेल, काठमाडौं, चितवन, पोखरा, पर्वत र कावासोतीमा यसै अवधिमा युरिया र डीएपी मल पठाइएको छ ।’

हाल कार्यालयसँग १८ हजार टन डीएपी, २ हजार २ सय टन युरिया र १ हजार ५ सय ८० टन पोटास मौज्दात रहेकाले तत्कालै मलको अभाव हुने स्थिति नआउने उनको दाबी छ । ‘धान बाली सिजनका लागि मलको अभाव हुने छैन,’ उनले भने, ‘माग भएका जिल्लामा धमाधम मल पठाइएको छ, अन्य जिल्लामा पनि क्रमशः पठाइनेछ ।’

सरकारले खरिद गर्न लागेको थप ३० हजार टन युरिया मल पनि क्रमशः नेपाल भित्रिने केसीको दाबी छ । ग्लोबल टेन्डरबाट ठेक्का पाएको नेपालको जोशी बीज हाउसले यो कन्साइन्मेन्टअन्तर्गत ३० हजार टन युरिया मल चीनबाट किनेको छ । उक्त कन्साइन्मेन्टअन्तर्गत पहिलो रेलवे ¥याक मंगलबारसम्म वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा भित्रिइसक्ने उनले बताए । यो रेलवे ¥याक सोमबार छिमेकी भारतीय सहर रक्सौलको रेलवे स्टेसनसम्म आइपुगेको जानकारी पाएको उनको भनाइ छ । कान्तिपुर दैनिक

Total Page Visits: 1737 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्