Saturday, May 18Nepal News Portal
Shadow

आईपीओ निष्कासन गर्न लागेको सर्वोत्तम सिमेन्टले दिने भयो १९ प्रतिशत बोनस सेयर


काठमाडौं । प्राथमिक शेयर निष्काशनको तयारीमा रहेको सर्वोत्तम सिमेन्टले शेयरधनीलाई १९ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिले आर्थिक वर्ष २०७७/७८ सम्मको मुनाफाबाट हालको चुक्ता पूँजी तीन अर्ब ४० करोड रुपैयाँको १९.११८ प्रतिशत बोनस शेयर प्रदान गर्ने सिफारिस गरेको हो । उक्त लाभांस पारितका लागि असार १० गते विशेष साधारणसभा बोलाइएको छ ।

प्रस्तावित बोनस शेयर ६५ करोड रुपैयाँ वितरण पछि कम्पनीको चुक्ता पूँजी चार अर्ब ५ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले प्राथमिक शेयर निष्काशन अगाडि जगेडामा भएको रकम पनि संस्थापकहरुलाई नै वितरण गर्ने रणनीति लिएको छ । अर्को तर्फ बुक विल्डिङ विधिबाट प्राथमिक शेयर निष्काशन गर्दा आर्जन भएको प्रिमियम पनि लिन खोजेको छ । यसमा संस्थापक शेयरधनीहरुले राम्रो बठ्याई गरेका छन् ।

कम्पनीले चालु आर्थिक वर्ष भित्रै बुक विल्डिङ विधिबाट प्राथमिक शेयर निष्काशन गर्ने योजना बनाए पनि पब्लिक कम्पनीमा रुपान्तरण भए पछि पुर्ण रुपमा एक आर्थिक वर्षको लेखापरिक्षण हुनु पर्छ । त्यसैले गर्दा साउन भदौबाट मात्रै कम्पनीको प्राथमिक शेयर निष्काशन प्रक्रिया अगाडि बढ्ने छ ।

 

Total Page Visits: 887 - Today Page Visits: 4
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्