Saturday, May 18Nepal News Portal
Shadow

आज फेरि घट्यो सुनचाँदीको मूल्य


काठमाडौं । स्थानीय बजारमा बुधवार (आज) सुनको मूल्य घटेको छ । आज छापावाला सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको हो ।
अघिल्लो दिन ९० हजार ६ सय रुपैयाँमा खरिदबिक्री भएको सुन आज घटेर ९० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज तेजावी सुनको मूल्य ८९ हजार ५५० रुपैयाँ रहेको छ ।

बुधवार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । उक्त दिन चाँदी प्रतितोला १० रुपैयाँले घटेको हो । महासंघले आजका लागि चाँदीको भाउ १२ सय ९० रुपैयाँ कायम गरेको छ ।

Total Page Visits: 1195 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्