Saturday, May 18Nepal News Portal
Shadow

दक्षिण कोरियाका नेपालीले गरे आविष्कार केन्द्रलाई अक्सिजन सिलिण्डर सहयोग


काठमाडौं । वाग्मती प्रदेश एकता समाज दक्षिण कोरियाद्वारा महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई ४० लिटर क्षमता भएको १० ओटा अक्सिजन सिलिन्डर सहयोग गरेको छ । संस्थाका अध्यक्ष रविप्रताप घिसिङ लगायतले मङ्गलबार आविष्कार केन्द्रमै पुगी उक्त सहयोग हस्तान्तरण गरेका हुन् । वाग्मती प्रदेश एकता समाजका तर्फबाट दक्षिण कोरियामा रहेका नेपालीहरू माझ दुई हप्तासम्म सहयोग सङ्कलन अभियान चलाइएको थियो । दुई हप्ताको अवधिमा १९ लाख ५१ हजार कोरियन वन सङ्कलित भएको थियो । उक्त रकममध्येबाट १० ओटा अक्सिजन सिलिन्डर खरीद गरिएको हो ।

Total Page Visits: 610 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्