Wednesday, May 15Nepal News Portal
Shadow

दोहोरो अंकले बढ्यो नेप्से,कारोबार रकम कति ?


काठमाडौं । नेपाल स्टक एक्सेञ्ज नेप्से साताको अन्तिम कारोबार दिन बिहीबार (आज )नेप्से परीसूचक २३. ७६ अंकले वृद्धि भएर २ हजार ८२४ विन्दूमा पुगेर बन्द भएको छ । सेन्सेटिभ इन्डेक्स पनि ४.४१ अंकले वृद्धि भएर ५२९ विन्दूमा पुगेर वन्द भएको छ ।

आज कूल १३ ओटा उपसमूहमध्ये २ ओटा समूहकोे मात्र परिसूचक घटेको छ भने बाँकी रहेका सबै उपसमूहको परिसूचक बढेको छ ।
नेप्सेका अनुसार आज एउटा कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । सेयर मूल्य बढ्नेमा गुहेस्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनी लिमिटेड रहेको छ । यस कम्पनीको झण्डै १० प्रतिशतले सेयर मूल्य बढेको हो ।

त्यस्तै, आज कर्पोरेट डेपलप्मेण्ड बैंक लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य करिब ४ प्रतिशतले घटेको हो ।

आज कारोबारको आधारमा नेपाल बैंक लिमिटेडले अग्रस्थान ओगटेको छ । कम्पनीको २१ करोड ५२ लाख ९१ हजार रुपैयाँको सेयर खरिद विक्री भएको हो ।
नेप्सेमा आज २२३ ओटा कम्पनीको १ करोड ३१ लाख ४३ हजार कित्ता सेयर ४ अर्ब ८१ करोड ५५ लाख २० हजार रुपैयाँमा खरिद विक्री भएको नेप्सेले जनाएको छ ।

Total Page Visits: 968 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्