Monday, May 13Nepal News Portal
Shadow

८ हजार ४५३ स्वदेशी लगानीका उद्योग दर्ता


काठमाडौं । मुलुकमा हालसम्म स्वदेशी लगानीका उद्योग ८ हजार ४५३ वटा दर्ता भएका छन् । उद्योग विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७७÷७८ को असार मसान्तसम्ममा ठूला, मझौला र साना गरी कुल ८ हजार ४५३ उद्योग दर्ता भएका हुन् ।

विभागका अनुसार गत आर्थिक वर्षमा मात्रै कुल २७७ वटा उद्योग दर्ता भएका छन्, जुन अघिल्लो आवको भन्दा ७४ वटा बढी हो । अघिल्लो आवमा २७१ वटा उद्योग दर्ता भएका थिए । गत आवसम्ममा दर्ता भएका कुल उद्योगमध्ये साना उद्योगको संख्या करिब दुई तिहाइ छ । सो अवधिसम्ममा ५३३१ वटा साना उद्योग दर्ता भएका छन्, जुन कुल दर्ताको ६३ प्रतिशत हो ।

यसैगरी १ हजार ९०८ मझौला उद्योग र १ हजार २१४ वटा ठूला उद्योग दर्ता भएको विभागको तथ्यांकले देखाएको छ । दर्ता भएका सबै उद्योगमा गरी कुल २२ खर्ब ८३ अर्ब २८ करोड रुपैयाँ बराबरको लगानी प्रस्ताव गरिएको छ । सबै उद्योग स्थापना हुँदा रोजगारी पाउनेको संख्या कुल ६ लाख २८ हजार ७१२ जना पुग्ने विभागको तथ्यांकमा उल्लेख छ ।

Total Page Visits: 535 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्