Saturday, May 11Nepal News Portal
Shadow

अरुण भ्याली हाइड्रोको लाभांश घोषणा


काठमाडौं । अरुण भ्याली हाइड्रोपावरले आफ्ना लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । कम्पनीको बिहिबार (आज ) बसेको संचालक समिति बैठकले लगानीकर्तालाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त प्रस्ताव कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । कम्पनीले असोज २४ गतेको लागि साधारणसभा आह्वान गरेको छ ।

त्यस्तै कम्पनीले हकप्रद पनि प्रस्ताव गरेको छ । कम्पनीले बोनस शेयर बितरण गरेपश्चात कायम हुने चुक्ता पुंजीको १ः०.५ को अनुपातमा ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो । साधारणसभाले पारित गरेपछि कम्पनीको हकप्रद प्रस्ताव अगाडी बढ्ने छ । कम्पनीको हकप्रदलै विद्युत नियमन आयोग र नेपाल धितोपत्र बोर्डले पनि अनुमति दिनु पर्ने हुन्छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

Total Page Visits: 887 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्