Wednesday, May 15Nepal News Portal
Shadow

शेयर बजारमा दसैँ लाग्यो, ५५ अंकले घट्दा इन्डेक्स राताम्य


काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ । दसैँ लागेसँगै लगानीकर्ताहरु खर्च जुटाउँन लाग्दा पनि बजार घटेको बताइएको छ । लगानीकर्ता दसैँ खर्च जुटाउँन लाग्दा घाटामै शेयर बेच्न बाध्य भएका छन् ।

गत हप्तादेखि नै लगातार घटेको बजार आज ५५.९३ अंकले घटेर २५७७.४९ विन्दुमा रोकिएको हो । गत कारोबारको तुलनामा परिसूचक २.१२ प्रतिशतले घटेको छ । आज सेन्सेटिभ इन्डेक्स २.२३ प्रतिशतले घटेर ४८५.९८ विन्दु रोकिएको छ ।

२३२ धितोपत्रको ८९ लाख ४८ हजार कित्ता शेयर ४ अर्ब ११ करोड ३८ लाख रुपैयाँमा खरिद विक्री भएको छ । आज सर्वाधिक शेयर मूल्य घट्नेमा गुहेश्वरी मचेन्ट बैंक एण्ड फाइनान्स कम्पनी, रइराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड लगायतको भएको छ । यी दुई कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले घटेको छ ।

आज कारोबारमा आएका १३ समूहकै परिसूचकमा कमी आएको छ । सर्वाधिक परिसूचक घट्नेमा फाइनान्स समूह रहेको छ । यो समूहको परिसूचक ४.३३ प्रतिशतले घटेको छ । त्यस्तैगरी हाइड्रोपावर समूहको ३.९६ प्रतिशत र लगानी समूहको ३.८३ प्रतिशतले परिसूचक घटेको छ ।

Total Page Visits: 535 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्