Tuesday, May 14Nepal News Portal
Shadow

उपत्यकामा जोर-बिजोर प्रणाली उल्लंघन गर्ने सवारी साधन नियन्त्रणमा


काठमाडौं, ८ मंसिर (ससं)। काठमाडौं उपत्यकामा जोर-बिजोर प्रणाली उल्लंघन गर्ने ६३४ सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

ट्राफिक प्रहरीले ती सवारी साधनलाई आइतबार काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो।

नियम उलंघन गर्ने सवारीसाधनलाई नियन्त्रणमा लिँदै आएको ट्राफिक प्रहरीले हिजो ६३४ वटा जोर नम्बरका सवारीसाधनलाई नियन्त्रणमा लिएको थियो ।

ट्राफिक प्रहरीले आइतबार नियन्त्रणमा लिएका सवारीसाधन मध्य ४९५ वटा दुई पाङ्‍ग्रे र १३९ वटा चार पाङ्‍ग्रे रहेका छन्।

काठमाडौं उपत्यकाको सवारी आवागमन यतिबेला सामान्य रहेको ट्राफिक प्रहरीले जनाएको छ।

Total Page Visits: 854 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्