Tuesday, May 14Nepal News Portal
Shadow

नेशनल लाईफले २० प्रतिशत लाभांश दिने


काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अघिल्लो आर्थिक वर्ष २०७६/७७ को नाफाबाट कुल २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीको माघ १२ गते साँझ बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. ३ अर्ब ३९ करोड ८ लाख ८९ हजारको आधारमा १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

प्रस्तावित यो लाभांश बीमा समितिको स्वीकृति पश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

Total Page Visits: 779 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्