Sunday, April 28Nepal News Portal
Shadow

उद्योगीहरू सडकमा होइन, उत्पादन बढाउन लाग्नुपर्छ : अर्थमन्त्री शर्मा


काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले उद्योगी, व्यवसायीहरू सडक आन्दोलनमा नभई उद्योग व्यवसायमा लाग्नुपर्ने बताएका छन् । बिहीबार काठमाडौंमा भएको ‘फिन इलेक्ट्रो टेक २०२२’ प्रदर्शनी कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले उद्योगी व्यवसायीहरूका समस्या समाधानका लागि सरकार गम्भीर रहको भन्दै उद्योगी व्यवसायीहरू सडक आन्दोलनमा नभई उद्योग व्यवसायमा लागेर उत्पादन बढाउनुपर्ने बताए ।

उनले सरकारले तरलता तथा बैंक ब्याजदर वृद्धि लगायतले उद्योग व्यवसायीहरूका समस्या समाधानका लागि निजी क्षेत्र, राष्ट्र बैंक, वाणिज्य मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधिसहितको कार्यदलले दिएको सुझावका आधारमा काम भइरहेको बताए ।

उनले मन्त्रिपरिषद्मा सरकारको निजी क्षेत्रका समस्या समाधान गर्न हस्तक्षप गर्नुपर्ने माग राखेको बताए । मन्त्री शर्माले उद्योगी व्यवसायीहरूले सडक रोज्नु नहुने भन्दै सरकारले कुनैपनि व्यवसायी सडकमा आउनुपर्ने वातावरण नबनाउने बताए ।

“अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न निजी क्षेत्र, राष्ट्र बैंक, वाणिज्य मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधि राखेर कार्यदल बनाउन जिम्मा दिएको छ । अर्थ मन्त्रालयले उद्योगी व्यवसायीका कुरा सुनेर जिम्मा दिएको छ । कार्यदलले दिएको रिपोर्ट अनुसार कार्यान्वयन गर्ने प्रक्रिया अगाडि बढेको छ,” उनले भने, “राष्ट्र बैंकको बोर्डमा अर्थ मन्त्रालयका सचिवले विषयलाई अगाडि बढाए र गभर्नरलाई निर्देशन गरेको हो । तर पनि अर्थतन्त्रमा देखिएका समस्या समाधान नभएपछि प्रधानमन्त्रीसँग मन्त्रिपरिषद्मा नै व्यवसायीहरूको समस्यालाई राखेर प्रधानमन्त्रीलाई रिपोर्टिङ गरेको छु ।”

त्यस्तै, उनले व्यवसायीका समस्यालाई सम्बोधनका लागि प्रधानमन्त्रीले हस्तक्षेप गर्न आग्रह गरेको बताए । “व्यवसायीहरू व्यवसायमा हुनुपर्छ सडकमा आउने होइन,” उनको भनाइ छ ।

Total Page Visits: 270 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्