Saturday, May 18Nepal News Portal
Shadow

६ महिनामा ३२ प्रतिशत बजेट खर्च


काठमाडौं । चालू आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षा अवधिमा सरकारको बजेट खर्च ३२ दशमलव १३ प्रतिशत बराबर देखिएको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार पुस मसान्तसम्ममा सरकारले ५ खर्ब ७६ अर्ब ३४ करोड ७६ रूपैयाँ बराबर खर्च गरेको छ । चालू आर्थिक वर्षका लागि सरकारले कुल १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रूपैयाँ बराबर विनियोजन गरेको थियो ।

बजेटको अर्धवार्षिक समीक्षा अवधिमा १४ प्रतिशत बराबर मात्रै पुँजीगत खर्च भएको छ । चालू आवका लागि सरकारले पुँजीगत शीर्षकमा ३ खर्ब ८० अर्ब ३८ करोड ४५ लाख रूपैयाँ बराबर बजेट छुट्याएको थियो । पुस मसान्तसम्ममा पुँजीगत खर्च ५३ अर्ब ४५ करोड ५२ लाख रूपैयाँ बराबर खर्च भएको हो ।

चालू शीर्षकमा ११ खर्ब ८३ अर्ब २३ करोड ५१ रूपैयाँ बराबर विनियोजन भएकामा ३८ दशमलव ४६ प्रतिशत अर्थात् ४ खर्ब ५५ अर्ब १२ करोड ७० लाख रूपैयाँ खर्च भएको पनि महालेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

त्यस्तै वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ३० अर्ब २१ करोड ७७ लाख रूपैयाँ बराबर विनियोजन भएकामा २९ दशमलव ४४ प्रतिशत अर्थात् ६७ अर्ब ७६ करोड ५४ बराबर खर्च भएको छ ।

Total Page Visits: 185 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्