Thursday, May 9Nepal News Portal
Shadow

गहुँ ल्याउन रोकलगायपछि मैदा र आँटाको चरम अभाव


काठमाडौं। भारत सरकारले २०७९ वैशाख ३० गतेदेखि गहुँ आयातमा लगाएको प्रतिबन्धका कारण नेपाली बजारमा मैदा र आँटाको चरम अभाव भएको छ।

नेपाल मैदा उद्योग संघले विज्ञप्ति जारी गरेर मैदा आँटाको अभाव भएको जानकारी गराएको हो। भारत सरकारले गहुँमा लगाएको प्रतिबन्धका कारण मैदा र आँटाको मूल्यसमेत दोब्बरले बढीरहेको छ। मैदा उद्योगले बजारबाट महँगो मूल्यमा गहुँ खरिद गरिरहेको हुँदा मैदा र आँटाको मूल्य बढीरहेको हो। जसका कारण उपभोक्तालगायत सबै क्षेत्रलाई प्रभाव परिरहेको संघले जानकारी दिएको छ ।

बजारमा मैदा आँटाको चरम अभाव हुँदा बिस्कुट, चाउचाउ, बेकरी, तन्दुरी र नान, भोजनालय रेष्टुरेन्टलगायत ठूला साना सबै होटललाई माग अनुसारको मैदा र आँटा मैदा उद्योगले उपलब्ध गराउन नसक्दा कसरी मैदा र आँटा उपलब्ध गराउने भनेर मैदा व्यवसायीहरु चिन्तित छन्।

अहिले पछिल्लो समयमा बजारमा गहुँ नै छैन, विज्ञप्तिमा भनिएको छ जसको कारण देशभरिका ८० प्रतिशत मैदा उद्योग नै बन्द हुने अवस्थामा पुगेका छन् भने केही उद्योगहरू पनि एक सातामा पूर्ण बन्द हुने अवस्थामा छन्।

संघका अनुसाार मैदा उद्योगले बजारमा मैदा र आँटा दिन सक्ने अवस्था नै छैन। यो विषम परिस्थितिबाट केही हदसम्म राहत पाउन तोकिएको कोटा तुरुन्त पाउनुपर्ने देखिन्छ।

Total Page Visits: 266 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्