Friday, May 3Nepal News Portal
Shadow

महानगर र प्राधिकरणबीच काठमाडौंका मुख्य सडकमा बत्ती जडान गर्न सम्झौता


काठमाडौं । काठमाडौं महानगरपालिकाको मुख्य सडकमा आधुनिक सडक बत्ती जडान गर्ने विषयमा सम्झौता भएको छ । महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणबीच सडकमा आधुनिक बत्ती जडान गर्ने विषयमा सम्झौता भएको हो ।

बत्ती जडान गर्न ११ करोड ९९ लाख ७४ हजार ९२५ रुपैयाँ लागत अनुमान गरिएको छ । यसको ६० प्रतिशत रकम काठमाडौँ महानगरपालिकाले र ४० % रकम नेपाल विद्युत प्राधिकरणले व्यहोर्ने गरी सम्झौता भएको छ।

सम्झौतापत्रमा महानगरका तर्फबाट सार्वजनिक निर्माण विभागका प्रमुख रामबहादुर थापाले र प्राधिकरणका तर्फबाट कानुन विभागका निर्देशक बलराम सिलबालले हस्ताक्षर गरेका छन् ।

Total Page Visits: 248 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्