Sunday, May 19Nepal News Portal
Shadow

आजको हरियो तरकारी र फलफूलको मुल्य


काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबार (आज)का लागि तरकारीको मूल्य तोकेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार कालो अङ्गुरको न्यूनतम मूल्य प्रतिकेजी २५० रुपैयाँ, हरियो अङ्गुर १५० रुपैयाँ, नेपाली सुन्तला १६० रुपैयाँ, अनार, किवी र आभोकाडो ३०० रुपैयाँ, केरा दर्जनको १४० रुपैयाँ, अमला ६० रुपैयाँ र अम्बा १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

नेपाली ठुलो गोलभेँडा ४० रुपैयाँ, अदुवा ८० रुपैयाँ, रातो आलु २७ रुपैयाँ, सेतो आलु १८ रुपैयाँ, स्थानीय काउली १८ रुपैयाँ, कागती १२० रुपैयाँ, अकबरे खुर्सानी २५० रुपैयाँ, सुकेको खुर्सानी ४०० रुपैयाँ र हरियो खुर्सानी ७० रुपैयाँ प्रतिकेजी कायम रहेको समितिले जानकारी दिएको छ ।

बिहीबार (आज) लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २० रुपैयाँ, गान्टे मूला ५० रुपैयाँ, गुन्द्रुक २५० रुपैयाँ, राजमा घिउ सिमी ९० रुपैयाँ, कन्ये च्याउ १२० रुपैयाँ, डल्ले च्याउ ३५० रुपैयाँ, तितो करेला १२० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ, रायो सागको ४० रुपैयाँ, चम्सुर, जिरा, मेथी, पालूगो र सौंफको साग ५० रुपैयाँ तोकिएको छ ।

यसै गरी छयापी सुकेको ३०० रुपैयाँ, छ्यापी हरियो ९० रुपैयाँ, भारतीय सुकेको प्याज ३८ रुपैयाँ, हरियो प्याज ७० रुपैयाँ, नेपाली सुकेको लसुन र हरियो लसुन ८० रुपैयाँ, लौका ५० रुपैयाँ, स्कूस ४० रुपैयाँ, पुदिना ४०० रुपैयाँ र हरियो धनियाँ ४० रुपैयाँ रहेको छ ।

यसै गरी, ताजा छडी माछा २४० रुपैयाँ केजी, बचुवा माछा २६० रुपैयाँ केजी, मंगुरी माछा २८० रुपैयाँ र रहु माछा ३४० रुपैयाँ केजीमा पाइन्छ ।

Total Page Visits: 310 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्