Saturday, May 18Nepal News Portal
Shadow

प्रभु बैंकको कार्यक्रम ग्लोबल मनी वीक मा


काठमाडौं । किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्वका सम्बन्धमा जागरण ल्याउने उद्देश्यले वार्षिक रुपमा मनाइने विश्व वित्तीय सप्ताह अभियान सम्पन्न भएको छ।

विश्वव्यापी रूपमा हरेक वर्ष अभियान गत चैत्र ६ गतेदेखि आर्थिक सहयोग तथा विकास संगठन (ओइसिडी) र नेपाल राष्ट्र बैंकको सहकार्यमा आयोजित विश्व वित्तिय सप्ताह सम्पन्न भएको हो।

अभियानलाई सार्थकता दिन ‘तपाईं पैसाको योजना बनाउनुहोस्, तपाईंको भविष्य रोप्नुहोस्’ भन्ने नाराका साथ गण्डकी प्रदेशमा रहेको प्रभु बैंकले सबै शाखा कार्यालयबाट विभिन्न कार्यक्रम सञ्चालन गरेको छ।

बैंकले मुस्ताङ, म्याग्दी, गोरखा, मनाङलगायतका जिल्ला भित्रका सयभन्दा बढी क्षेत्रका नागरिकलाई वित्तीय लक्ष्य निर्माण, बचत, ऋण, बजेट, बीमा र विप्रेषण विषयक वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो।

गत वर्ष पनि बैंकले जनमानसमा वित्तीय ज्ञानको अभिवृद्घिका लागि म्याग्दी जिल्लास्थित ‘टुप्पिमाथि ठाउँ छैन गुर्जामाथि गाउँ छैन’ भन्ने लोकउक्तीबाट चर्चित गाउँ गुर्जाखानि, मुस्ताङको घारा गाउँसमेत ७८ स्थानबाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको प्रभु बैंक गण्डकी प्रदेश प्रमुख राजु रानाले जानकारी दिए।

साथै, विवेकपूर्ण तरिकाले पैसाको प्रयोग गर्न सक्ने ज्ञानरसीप बढाउने, अल्पकालीन र दीर्घकालीन वित्तीय लक्ष्य निर्धारण गर्न सिकाउनेलगायतका सीपले आवश्यक सूचनाहरू प्राप्त गर्न ठूलो टेवा पुग्ने विश्वास लिइएको बैंकका प्रादेशिक कार्यलय प्रमुख व्यवसायिक केन्द्र अधिकृत शान्ती शेरचनले बताइन्।

उनले उपयुक्त वित्तीय सेवाहरू छनौट गर्न र प्रयोग गर्र्न सक्ने क्षमता विकास गर्ने, भविष्यमा आउन सक्ने जोखिमहरूका लागि तयारी वा योजनाबारे ज्ञान र सीप प्रदान गर्ने उद्देश्यले कार्यक्रम सम्पन्न भएको बताइन्।

Total Page Visits: 181 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्