Thursday, May 9Nepal News Portal
Shadow

प्रदेश

कविता मानन्धरको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ माघ १ बाट प्रदर्शन हुने

कविता मानन्धरको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ माघ १ बाट प्रदर्शन हुने

निर्माण, प्रदेश
काठमाडौं, पुस २३ (ससं)। कोरोना महामारीका कारण नौ महिना सिनेमा हल बन्द भएका थिए। सरकारसँग पटक–पटक आग्रह गर्दा पनि तयार नभएपछि व्यवसायी आफैंले ‘विद्रोह’ गरेर हल खोलेका छन्। हल खोले पनि नयाँ चलचित्र नभई पुरानै चलचित्र रिलिज भइरहेका छन्। तर, माघ १ गतेदेखि भने नयाँ चलचित्र रिलिज हुनेछ। अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता मानन्धर अभिनित चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शनमा आउन लागेको हो। यसअघि फिल्मको शीर्ष गीत सार्वजनिक भइसकेको छ। जसमा कविता र अभिनेता शक्ति श्रेष्ठको रोमान्स देख्न सकिन्थ्यो। शिव श्रेष्ठको लगानी तथा दीपेश सापकोटाको निर्देशन रहेको यो चलचित्र हेर्न दर्शक आउनेर/ आउने यकिन नभएकै बेला रिलिज गर्न लागिएको हो। चलचित्रमा नायिका प्रियंका कार्की, वर्षा राउत, आयुष्मान देशराज जोशी, संजोग कोइराला र नायक शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठको मुख्य भूमिका छ। श्रेष्ठले भ...
मुकेश ढकाल फिल्म ‘सरप्राइज’मा

मुकेश ढकाल फिल्म ‘सरप्राइज’मा

निर्माण, प्रदेश
काठमाडौं, पुस १६ (ससं) । पछिल्लो समय अमेरिका रहेको अभिनेता मुकेश ढकाल फिल्म ‘सरप्राइज’मा देखिने भएका छन् । धनेन्द्र रसाइलीको निर्देशन रहेको फिल्ममा आफ्नो अभिनय रहेको मुकेशले सामाजिक संजाल मार्फत जानकारी दिएका हुन् । फिल्ममा मुकेशका अलावा लाउरा घिमिरे, आशिष दयाली, धनेन्द्र रसाइली, मिलन खवास, विवेक घिमिरेलगायतको अभिनय रहेको छ । प्रेमकथामा बन्न लागेको फिल्ममा पुष्प गजमेरको संगीत, राजेन्द्र विस्टको छायांकन र कामी कान्छाको कथा, संवाद तथा पटकथा रहेको छ । गत २३ डिसेम्बरबाट छायाँकन सुरु भएको फिल्मका निर्देशक धनेन्द्र रसाइली हुन् । करिब दर्जन बढी फिल्म अभिनय गरेका मुकेश लामो समयपछि अभिनयमा फर्किएका हुन् ।...
१८ वर्षीय युवा रीयानकोे नेपाली र्यापलाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउँने प्रयास (भिडियोसहित)

१८ वर्षीय युवा रीयानकोे नेपाली र्यापलाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउँने प्रयास (भिडियोसहित)

प्रदेश, प्रमुख समाचार
काठमाडौं, ६ कार्तिक (ससं) । नेपालका एक १८ वर्षीय युवा रीयान शाहले नेपाली र्यापलाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउँने प्रयास गरेका छन् । उनले भारतका एमसी गगन र नाइजेरियाका लिल जुडिसरीसँगको सहकार्यमा समाजमा हुने बलात्कार र भ्रष्टचार विरुद्धको र्याप गीत सार्वजनिक गरेका छन् । उक्त गीतमा समाजमा हुने बलात्कार र भ्रष्टचारलाई प्रमुख विषयका रुपमा प्रस्तुत गरिएको छ । समाजमा हुने त्यस्ता घटनालाई गीत संगीतको माध्यमबाट प्रतिवाद गर्नुपर्ने र्यापर शाहले बताएका छन्र। यस्ता घटना नेपालमा मात्र नभएर अन्य देशमा पनि हुने भएकाले अन्तर्राष्ट्रिय स्तरका ख्याति प्राप्त र्यापरसँग यस्ता विषयमा प्रतिवाद गर्न सहकार्य गरिएको उनले बताए । गीत रीयानको आफ्नै युटुव च्यानल ‘रीयान म्युजिक’बाट सार्वजनिक गरिएको छ । हेर्नुहोस गीत यस्तो छ https://youtu.be/sChe-GbL18M...
‘द लाखे ब्याण्ड’ले गर्याे मालश्री धुन सार्वजनिक (भिडियोसहित)

‘द लाखे ब्याण्ड’ले गर्याे मालश्री धुन सार्वजनिक (भिडियोसहित)

Video, प्रदेश, मनोरञ्जन
काठमाडौं, ३ कार्तिक (ससं) । तेह्रबर्ष अघि वि.सं. २०६४ सालमा स्थापना भएको ‘द लाखे ब्याण्ड’द्वारा दशैंको अवसरमा पृथकशैलीको मालश्री धुन सार्वजनिक गरेको छ । यस फ्यूजन धुनमा गीटारमा नवरश श्रेष्ठ, लसन तुलाधर र दीपेन शाक्य, बेसमा प्रमोद आचार्य र ड्रममा इन्द्रमान मर्हजनले संगीत दिएका छन् । ब्याण्ड स्थापक नवरश श्रेष्ठका अनुसार आफूहरूले निक्कै मिहिनतका साथ तयार गरिएको यस मालश्री धुन श्रोताहरूले रूचाउने विश्वास प्रकट गरे । https://www.youtube.com/watch?v=S2mxbfLJR2o&feature=youtu.be&fbclid=IwAR3gTlrakA0HHzYitMRmNE2PQYPs1LHRHNdnOYG-OqA2UXcP_OlESprhIJ4...
निर्देशक सुरज कुसुम्याको थारु गीत ‘मन लागेना’ सार्वजनिक (भिडियोसहित)

निर्देशक सुरज कुसुम्याको थारु गीत ‘मन लागेना’ सार्वजनिक (भिडियोसहित)

Video, निर्माण, प्रदेश
काठमाडौं,२८ असोज (ससं) । निर्देशक सुरज कुसुम्याले निर्देशन गरेको म्युजिक भिडियो ‘मन लागेना’ सार्वजनिक भएको छ । सार्वजनिक भएको केहि समय नबित्दै भिडियोले राम्रो प्रतिक्रिया पाएको छ । टिकटकमा धेरै नै चर्चित भएको यो गीतको भिडियो राम्रो बनेको दर्शक स्रोताको टिप्पणीबाट पनि बुझ्न सकिन्छ । एकअर्कालाई अति माया गर्ने जोडी जति नै टाढा भएपनि मायामा एकरत्ति पनि कमी आउदैन भन्ने मुख्य विषयलाई यो भिडियोमा निर्देशक कुसुम्याले देखाउँन खोजेका छन् । भिडियोमा कलाकारद्वय नरेश चौधरी र मन्सा रावलले जीवन्त अभिनय गरेका छन् भने आर.के. थारु र अन्नु चौधरीको गायन रहेको छ । सुवेस कठरियाको शब्द अनि गणेश चौधरीको संगीत तथा एरेञ्ज रहेको यो गीतको भिडियोको छायांकान र सम्पादन रामु चौधरीले गरेका हुन् । बाँके र बर्दियाका विभिन्न स्थानमा छायांकन गरिएको यो भिडियो फिल्मी शैलीको छ । यस भिडियोमा प्रस्तुत कथा निर्देशक सुरज कुसुम...
‘न गल्ति’ गीतको म्युजिक भिडियो सार्वजनिक

‘न गल्ति’ गीतको म्युजिक भिडियो सार्वजनिक

Video, प्रदेश
काठमाडौं, १३ असोज (ससं) । सुभास तिम्लसीनाको आवाज रहेको 'न गल्ति' गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । फरक किसिमको नयाँ मर्म स्परसी आधुनीक गीत 'न गल्ती' को म्युजिक भिडियो युटुव च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा शब्द, संगीत तथा एरेन्ज राजन कार्कीले गरेका छन् भने सन्तोष पोख्रेल (आदित्य)ले निर्देशन गरेका हुन् । त्यस्तै भिडियोको सन्तोष तिमल्सिनाले छायांकन तथा राजन कार्कीले सम्पादन गरेका हुन् । त्यसैगरी गीतको भिडियोमा रोबिन अमृत तिम्लसीना, छायाँ भुजेल र जेनीसा मैनालीको अभिनय रहेको छ । गीतलाई हिट्स नेपाल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ । म्युजिक भिडियो हेर्नुहोस् : https://www.youtube.com/watch?v=l69xaJKYdP4&feature=share&fbclid=IwAR1ppy4w-ZnZMoHe7X44hM0OIJc74an_m5JDYrPjos4MqK1nZx1XzVgaqUA...