Monday, May 20Nepal News Portal
Shadow

प्रदेश

चलचित्र ‘कबड्डी ४’को प्रदर्शन मिति तोकियो

चलचित्र ‘कबड्डी ४’को प्रदर्शन मिति तोकियो

प्रदेश
काठमाडौं, (ससं) । चलचित्र ‘कबड्डी ४’ को प्रदर्शन मिति तय गरिएको छ । चलचित्रको छायांकन नै प्रारम्भ नभई यसको निर्माणपक्षले प्रदर्शन मिति तय गरेको हो । निर्माण पक्षले चलचित्र आउँदो बर्षको असोज १५ गतेबाट रिलिज हुने बताएको छ । दशैंको घटस्थापना भन्दा एक साता अगाडि यो चलचित्र रिलिज हुने पक्का भएको हो । निर्माणपक्षले यो चलचित्रलाई कबड्डी सिरिजको अन्तिम चलचित्र भएको बताएको छ । रामबाबु गुरुङको निर्देशनमा तयार हुने चलचित्रका लागि कलाकारहरुको नाम भने खुलाउन बाँकी रहेको छ । तर, चलचित्रमा दयाहाङ राई, बिजय बराल, वुद्दि तामाङ लगायतले काम गर्ने पक्का रहेको बुझिएको छ ।...
सन्दिप न्यौपानेको ‘लालुमै’पछि ‘सान्बाबु’ (भिडियोसहित)

सन्दिप न्यौपानेको ‘लालुमै’पछि ‘सान्बाबु’ (भिडियोसहित)

निर्माण, प्रदेश
काठमाडौं, (ससं) । गायक सन्दिप न्यौपानेले दोहोरी गीत ‘लालुमै’को सफलतापछि ‘सान्बाबु’ लिएर आएका छन् । शिव हमालको सृजनामा बजारमा ल्याइएको ‘लालुमै’ले लोक बजार पिटेको दुई बर्षपछि गायक न्यौपानेले उस्तै प्याटनको दोहोरी गीत ‘सान्बाबु’ल्याएका हुन् । गायक न्यौपानेको दोहोरी गीत ‘लालुमै’लाई यूटुवमा ३ करोड ३६ लाख बढि दर्शकले हेरेका छन् । उनै गायक न्यौपानेले दुई बर्ष पछि ‘सान्बाबु’लिएर बजारमा आएका छन् । न्यौपानेको शब्द र संगीत सिर्जनामा तयार भएको गीतमा सम्झना भण्डारीको स्वरमा साथ छ । यस गीतको म्यूजिक भिडियोमा पछिल्लो समयका चर्चित जुम्ल्याह जोडी स्मारिका र समारिकासँगै गायक सन्दिप न्यौपानेको अभिनय तथा नृत्य रहेको छ । भिडियोको कोरियोग्राफर एवं निर्देशक भने प्रकाश भट्ट हुन् । अमर सुनार यस भिडियोको एसिस्टेन्ट कोरियोग्राफर हुन् । नवराज उप्रेतीको छायाँकन रहेको यस गीतको भिडियोलाई विष्णु शर्माले सम्प...
अञ्जु पन्त र थीर बैवाहिक बन्धनमा बाँधिए, हेर्नुहोस् फोटो

अञ्जु पन्त र थीर बैवाहिक बन्धनमा बाँधिए, हेर्नुहोस् फोटो

निर्माण, प्रदेश
काठमाडौं, (ससं) । गायिका अञ्जु पन्त र प्रेमी थीर कोइराला आज बैवाहिक बन्दनमा बाँधिएका छन् । यो जोडीले एकवर्ष देखिको प्रेमलाई विहेमा परिणत गरेको हो । बुधबार उनीहरुले ललितपुरको पाटनस्थित एक चर्चमा विहे गरेका हुन् । दुबैजना क्रिस्चियन धर्ममा आस्था राख्ने भएकाले चर्चमा विहे गरेको बताएका छन् । विहेमा सीमित आफन्त मात्र सहभागि रहेको बुझिएको छ । दशक अगाडि अञ्जुको गायक मनोजराजसँग डिभोर्स भएको थियो । उनी छोरी पारितोषिकासँग बस्दै आएकी थिइन् । भ्यालेन्टाइनमा अञ्जु र थीरले प्रेम सार्वजनिक गरेका थिए । हेर्नुहोस् फोटोमा ...
नम्रता श्रेष्ठको इस्टाग्रामबाट लिइएका १० सुन्दर फोटाहरु

नम्रता श्रेष्ठको इस्टाग्रामबाट लिइएका १० सुन्दर फोटाहरु

प्रदेश, फोटोफिचर
नम्रता श्रेष्ठ नेपाली चलचित्र क्षेत्रकी एक चर्चित मोडल र अभिनेत्री हुन् । उनले सानो संसार, मेरो एउटा साथी छ, प्रसाद, क्लासिक, छड्के लगायतका चलचित्रमा अभिनय गरेकी छन् । उनी नेपाली चलचित्र जगतमा आउनु भन्दा पुर्व मोडलिङ तथा थिएटरमा लागेकी थिइन् । उनको जनमा धरानमा वि.सं. २०४२ सालमा भएको हो । उनका इन्स्टाग्राममा राखिएका १० सुन्दर फोटाहरु हेर्नुहोस्  ...
सेर्लिनको हट अवतार, फोटोमा हेर्नुहोस्

सेर्लिनको हट अवतार, फोटोमा हेर्नुहोस्

प्रदेश
काठमाडौं, (ससं) । बलिउड अभिनेत्री तथा मोडल सेर्लिन चोपडा फ्यानका लागि आफ्ना सेक्सी फोटो र भिडियो सेयर गर्छिन् । उनी सोसल मिडियामा निकै एक्टिभ अभिनेत्रीको रुपमा चिनिन्छिन् । उनका लाखौं फलोअर्स छन् । हालै उनले सेक्सी फोटो र भिडियो इन्स्टाग्राममा सेयर गरेकी छन् । यी फोटो र भिडियोमा शर्लिन सेक्सी अन्दाजमा देखिएकी छन् । यी फोटो र भिडियोमा लाइक र कमेन्टस गर्ने फ्यानको संख्या उल्लेख्य रहेको छ । उनले सेक्सी पोजबाट आफ्नो ‘एप’ को प्रचार पनि गरिरहेकी छन् । उनको सेक्सी अवतार हेर्नुहोस् यी फोटाहरु उनको फ्यान क्लव र इन्स्टाग्रामबाट लिइएको हो । ...
भोलीदेखि पत्रकार रवि लामिछानेको टिमले के गर्ने भयो यस्तो ? रविको घोषणा हेर्नुहोस्

भोलीदेखि पत्रकार रवि लामिछानेको टिमले के गर्ने भयो यस्तो ? रविको घोषणा हेर्नुहोस्

प्रदेश, प्रमुख समाचार
काठमाडौं, (ससं) । पत्रकार रवि लामिछानेको टिमले फागुन ११ गते (भोलि)देखि नयाँ कामको थालनी गर्ने भएको छ । लामिछानेले एक टुइट गर्दै भोलीबाट नयाँ जोस जाँगरका साथ नयाँ थालनी गर्ने जानकारी दिएका हुन् । उनीसहितको टिम गत माघ ८ गते न्यूज २४ बाट प्रसारण हुने कार्यक्रमबाट विदा भएको थियो । उनीहरुले परिष्कृत कार्यक्रम ल्याउँने प्रतिवद्धता पनि जनाएका थिए । यही अनुरुप करिव एक महिना देशभरी नै टिम विस्तारमा जुटेको थियो । उनीहरु ग्यालेक्सी टेलिभिजन सञ्चालनमा जुटेको बुझिएको छ । भोली ११ः४५ बजे उक्त टेलिभिजनको उद्घाटन हुने अपेक्षा गरिएको छ । लामिछानेले पनि भोली ११ः४५ बजे विभिन्न माध्यमबाट नयाँ कामको जानकारी गराउँने बताएका छन् । https://twitter.com/hamrorabi/status/1363833540601737219...
सार्वजनिक भयो म्यूजिक भिडियो ‘टुना मुना’

सार्वजनिक भयो म्यूजिक भिडियो ‘टुना मुना’

निर्माण, प्रदेश
काठमाडौं, (ससं) । गायक वाशुदेब केसीको नयाँ म्यूजिक भिडियो ‘टुना मुना’ सार्वजनिक भएको छ । गीतमा गायक केसीलाई गायिका बिद्या तिवारीले स्वरमा साथ दिएकी छिन् । हरि लम्सालको शब्द तथा संगीत रहेको गीतको भिडियोमा मोडल जेविका कार्की र राजिव थापाको अभिनय देख्न सकिन्छ । मिलन एक्स तामाङ र मण्दीप बखुंछेले छायांँकन रहेको भिडियो मण्दीप बखुंछेले निर्देशन गरेका हुन् । भिडियोमा सुप्रिम पराजुलीको सम्पादन तथा कलर करेक्शन रहेको छ ।...
सार्वजनिक भयो शिशिर योगीको स्वरमा रहेको नयाँ गीत ‘जनताले सधैं दुःख पाए’

सार्वजनिक भयो शिशिर योगीको स्वरमा रहेको नयाँ गीत ‘जनताले सधैं दुःख पाए’

प्रदेश, प्रमुख समाचार
काठमाडौं, (ससं) । भूपेन्द्र खत्रीको शब्द संगीत तथा शिशिर योगीको स्वरमा ‘जो आए नि जनताले सधैं दुःख पाए’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । म्युजिक भिडियोको निर्देशन अन्तरिक्ष अधिकारीले गरेका हुन् । विश्व नेपाल सञ्चारको युट्युब च्यानलबाट अपलोड गरिएको यस म्युजिक भिडियो इतिहासदेखि वर्तमानसम्मको नेपालको बिडम्बनापूर्ण राजनीतिक यर्थाथलाई उतारिएको छ । किरण कडेलले म्युजिक एरेन्ज गरेको यस गीतको भिडियोमा गायक योगीसँगै विष्णु पराजुली, विरेन्द्र बस्नेत, प्रदीप ढुंगाना, भेग पहारी, पार्थ तिमल्सिनालगायत कलाकारले अभिनय गरेका छन् । यस गीतको रेकर्डिङ तथा मिक्सिङ शम्भू तन्डुकारले गरेका छन् भने हेमन्त कान्छाले सारङ्गी रेटेका छन् । केशव अधिकारीले छायाँकन गरेको भिडियोलाई गोपाल कडेंलले सम्पादन गरेका छन् ।...
प्रमोद खरेलको स्वरमा रहेको ‘ओई माया’ गीतको भिडियो सार्वजनिक

प्रमोद खरेलको स्वरमा रहेको ‘ओई माया’ गीतको भिडियो सार्वजनिक

प्रदेश
काठमाडौं, (ससं) । सम्पादक एवम् निर्देशक अनिल सम्राटको निर्देशनमा गायक प्रमोद खरेलको स्वरमा रहेको रोमान्टिक गीत ‘ओई माया’को भिडियो सार्वजनिक भएको छ । एस सिने प्रोडक्शन हाउस युट्युव च्यानलबाट सोमबार (हिजो) गीतको भिडियो सार्वजनिक भएको हो । गीत रबिलाल पाण्डेले लेखेका हुन् भने विजय बिमुनको संगीत र सरोज लामाको संगीत संयोजन रहेको ‘ओई माया’मा गायक प्रमोद खरेलले स्वर दिएका छन् ।गीतको भिडियोमा सिद्धान्त पौडेल र सिर्जना घिमिरेको अभिनय रहेको छ । हरि बहादुर लामाको छायाँकन र कविता थामीको नृत्य निर्देशन रहेको भिडियोको सम्पादन भने कमल एक्चै मगरले गरेका हुन् ।...
नेपालका घुम्नैपर्ने २० ठाउँ, तपाई कहाँ-कहाँ पुग्नुभयो त?

नेपालका घुम्नैपर्ने २० ठाउँ, तपाई कहाँ-कहाँ पुग्नुभयो त?

निर्माण, प्रदेश, प्रमुख समाचार
काठमाडौं, (ससं) । नेपाल प्रकृतिक रुपमा सुन्दर देश हो । यहाँ विभिन्न प्रजातिका चराचुरुगीं, लालिगुँरास, हिमशृखंला पाईन्छन् । नेपालमा भएका अनुपम दृश्य अवलोकन गर्न विभिन्न देशबाट आउँने गर्दछन् । नेपालमा घुम्नैपर्ने त्यस्ता ठाउँ छन् जुन ठाउँमा तपाई अझै पुग्न पाउँनु भएको छैन । यदि घुम्ने सोच गर्दै हुनुहुन्छ भने यी ठाउँ अबस्य घुम्नु होला, कन्याम, इलाम कन्याम पूर्वी नेपालको मनोरम पर्यटकीय केन्द्र हो। यो इलाम जिल्लाको सूर्योदय नगरपालिकामा पर्दछ । मनोरम चियाबारी भएको यो पर्यटकीय स्थलमा आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो लाग्ने गर्दछ। झापा, मोरङ्ग, सुनसरी लगायतका तराईका जिल्ला तथा छिमेकी देश भारतबाट समेत गर्मी छल्न ठूलो सङ्ख्यामा मानिसहरु यहाँ घुम्न र वनभोज गर्न आउँछन् । कन्याम बाट श्रीअन्तु, समालबुङ, पशुपतिनगरको हरियाली दृश्य देखिनुकासाथै सगरमाथा, कुम्भकर्ण जस्ता विश्वमै ख्याती प्राप्त हिमा...