Monday, May 20Nepal News Portal
Shadow

१८ वर्षीय युवा रीयानकोे नेपाली र्यापलाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउँने प्रयास (भिडियोसहित)


काठमाडौं, ६ कार्तिक (ससं) । नेपालका एक १८ वर्षीय युवा रीयान शाहले नेपाली र्यापलाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउँने प्रयास गरेका छन् । उनले भारतका एमसी गगन र नाइजेरियाका लिल जुडिसरीसँगको सहकार्यमा समाजमा हुने बलात्कार र भ्रष्टचार विरुद्धको र्याप गीत सार्वजनिक गरेका छन् । उक्त गीतमा समाजमा हुने बलात्कार र भ्रष्टचारलाई प्रमुख विषयका रुपमा प्रस्तुत गरिएको छ ।

समाजमा हुने त्यस्ता घटनालाई गीत संगीतको माध्यमबाट प्रतिवाद गर्नुपर्ने र्यापर शाहले बताएका छन्र। यस्ता घटना नेपालमा मात्र नभएर अन्य देशमा पनि हुने भएकाले अन्तर्राष्ट्रिय स्तरका ख्याति प्राप्त र्यापरसँग यस्ता विषयमा प्रतिवाद गर्न सहकार्य गरिएको उनले बताए ।

गीत रीयानको आफ्नै युटुव च्यानल ‘रीयान म्युजिक’बाट सार्वजनिक गरिएको छ ।

हेर्नुहोस गीत यस्तो छ

Total Page Visits: 634 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्