
घरेलु तथा साना उद्योग कार्यालय
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्म ६ महिनाको समय अवधिमा घरेलु तथा साना उद्योग कार्यालय बाँकेमा तीन सयभन्दा बढी उद्योग तथा फर्म खारेज भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख उद्योग अधिकृत रमेशबहादुर बुढाथोकीका अनुसार चालु आर्थिक वर्षको छ महिनामा उद्योगतर्फ एक सय आठ र वाणिज्यतर्फ दुई सय ३८ उद्योग तथा फर्म खारेज भएका छन् ।
‘चालु आर्थिक वर्षको छ महिनामा उत्पादनमूलक, कृषि तथा वन्यजन्तु, पर्यटनमूलक, सेवामूलकलगायत उद्योगतर्फ एक सय आठ र वाणिज्यतर्फ प्राइभेट र साझेदारी फर्म दुई सय ३८ गरी जम्मा तीन सय ४६ उद्योग तथा फर्महरु खारेज भएका छन्’, प्रमुख बुढाथोकीले भने, ‘लगतकट्टा (खारेजी) का साथसाथै नयाँ उद्योग तथा फर्महरु दर्ता पनि हुँदै आएका छन् । तर पछिल्ला केही वर्षदेखि लगातार खारेजी गर्नेको सङ्ख्यामा वृद्धि हुँदै आएको छ ।’
प्रमुख उद्योग अधिकृतका अनुसार छ महिनाको ...