Thursday, May 2Nepal News Portal
Shadow

प्रमुख समाचार

आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा काम गर्ने गरीनेपाल र योटा भारतबीच सम्झौता

आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा काम गर्ने गरीनेपाल र योटा भारतबीच सम्झौता

आर्थिक गतिविधि, प्रमुख समाचार
काठमाडौं । आजबाट सुरुभएकोलगानी सम्मेलनमा बिएलसी ग्रुप नेपाल र योटा डेटा सर्भिस भारतबीच सम्झौता भएको छ। विश्वस्तरीय डेटा सेन्टर निर्माण, क्लाउड सर्भिस र आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा काम गर्ने गरी सम्झौता भएको हो। उक्त सम्झौता पत्रमा योटाका प्रमुख कार्यकारी अधिकृत सुनिल गुप्ता र बिएलसी ग्रुपका प्रतिनिधि मेघा चौधरी ले हस्ताक्षर गरेका हुन।...
उद्योगमन्त्री भण्डारी भन्छन्ः उद्योगमैत्री १० कानुन ल्याउने प्रक्रिया अघि बढिसक्यो

उद्योगमन्त्री भण्डारी भन्छन्ः उद्योगमैत्री १० कानुन ल्याउने प्रक्रिया अघि बढिसक्यो

उद्योग, प्रमुख समाचार, ब्यानर, विचार
काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योगी व्यवसायीको रायसुझावका आधारमा १० वटा नयाँ कानुन ल्याउन प्रक्रिया अघि बढेको बारे जानकारी दिएका छन्। नेपाल हर्ब्स तथा हर्बल उत्पादक संघको १८औँ वार्षिक साधारणसभाको सम्म्उद्घाटन गर्दै मन्त्री भण्डारीले लगानी सम्मेलनअघि १० वटा कानुन ल्याउने तयारी रहेको बताएका हुन्। सरकारले देशमा लगानी भित्र्याउने उद्देश्यले आगामी वैशाख १६ र १७ गते तेस्रो लगानी सम्मेलन आयोजना गर्दैछ। मुलुकको प्राकृतिक स्रोत साधनमा आधारित उद्योगको विकास, विस्तार एवं प्रवर्द्धनका पक्षमा रहेको उनले बताए । “सरोकारवाला व्यवसायीको साथ सहयोगमा विदेशिएका नेपालीलाई स्वदेशमै ल्याई रोजगारी दिन तथा आयात न्यूनीकरणसहित निर्यात वृद्धिका पक्षमा आवश्यक नियम कानुन आएपछि जडीबुटीज उद्योगकोसमेत विकास एवम् बिस्तार भई राष्ट्रिय अर्थतन्त्र थप चलायमान हुनेछ,” भण्डारीले भने। ...
चेम्बरको सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ

चेम्बरको सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ

उद्योग, प्रमुख समाचार
काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठ चेम्बरको सल्लाहकार परिषद् अध्यक्षमा मनोनीत भएका छन् । चेम्बरको संस्थागत विकास एवं व्यवसायीको क्षमता अभिवृद्धिका लागि सुझाव दिने परिषद् सदस्यमा पूर्वअध्यक्षत्रय महेशकुमार अग्रवाल, सुरेन्द्रवीर मालाकार र सुरेशकुमार बस्नेतलाई मनोनयन गरिएको छ। परिषद्ले सरकार र निजी क्षेत्रबीचको समन्वय, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार, उद्यमी एवं व्यवसायी हकहित संरक्षणका साथै निजी क्षेत्रको भूमिकालाई सशक्त तुल्याउन समन्वय गर्ने चेम्बरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।...
ग्लोबल आइएमई बैंक राष्ट्र बैंकद्वारा सम्मानित

ग्लोबल आइएमई बैंक राष्ट्र बैंकद्वारा सम्मानित

आर्थिक गतिविधि, प्रमुख समाचार, बैंक तथा वित्त
काठमाडौं । आर्थिक वर्ष (आव) २०७९/८० मा सबभन्दा धेरै रेमिटेन्स भित्र्याउने बैंक तथा वित्तीय संस्थाको रूपमा ग्लोबल आइएमई बैंक लिमिटेड सम्मानित भएको छ। नेपाल राष्ट्र बैंकको ६९ औं वार्षिकोत्सवको अवसरमा २०७९/८० मा २१.१ प्रतिशत रेमिटेन्स भित्र्याउन सफल भएकोमा ग्लोबल आइएमईलाई सम्मानित गरिएको हो। राष्ट्र बैंकले आफ्नो केन्द्रीय कार्यालय बालुवाटारमा शुक्रबार आयोजित विशेष समारोहमा गभर्नर महाप्रसाद अधिकारीले ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यलाई प्रशंसा पत्र प्रदान गरेका हुन्। रेमिटेन्स आप्रवाहले मुलुकको समष्टिगत आर्थिक स्थायित्व, सामाजिक आर्थिक सुधार लगायत बाह्य क्षेत्र सन्तुलन समेतमा योगदान पुर्‍याएकाले प्रशंसापत्र प्रदान गरिएको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले आफ्नो वार्षिकोत्सव अवसरमा बढि रेमिटेन्स भित्र्याउने बैकं तथा वित्तीय संस्थाहरूलाई सम्मानित गर...
मौसम विभागले गर्याे नेपाल टेलिकमलाई सम्मान

मौसम विभागले गर्याे नेपाल टेलिकमलाई सम्मान

प्रमुख समाचार
काठमाडौं । विपद जोखिम न्यूनीकरणको लागि अतुलनीय योगदान पु¥याएको भन्दै नेपाल टेलिकमलाई सम्मान गरिएको छ । जल तथा मौसम विज्ञान विभागले विभागबाट सम्प्रेषण गरिने पूर्वसूचना सन्देशहरु २०७३ सालदेखि अनवरत रूपमा निःशुल्क मास एसएमएस सेवामार्फत सर्वसाधारणमा पु¥याई विपद् जोखिम न्यूनीकरणको लागि योगदान पु¥याएको भन्दै टेलिकमलाई कदर पत्र प्रदान गरेको हो । बिहीबार काठमाडौंमा आयोजित ‘नेसनल वर्कसप अन अर्ली वार्निङ सिस्टम’ कार्यक्रममा जलस्रोत तथा सिंचाई सचिव सुशिलचन्द्र तिवारीले टेलिकमलाई सो कदर पत्र प्रदान गरेका थिए । सूचना संकलनअन्तर्गत बाढी पहिरो लगायतका विपदजोखिम क्षेत्रमा रहेका वाटर स्टेसनहरूबाट जल तथा मौसम विज्ञान विभागको केन्द्रीय सर्भरमा मौसम सम्बन्धी सूचना संकलनको लागि नेपाल टेलिकमका सिम कार्डमार्फत एमटुएम प्रविधिको प्रयोग गरी कनेक्टिभिटी उपलब्ध गराइएको छ । नेपाल टेलिकमले यसका लागि ३०० एमबी ...
१७ औं औद्योगिक व्यापार मेला वैशाख २६ देखि

१७ औं औद्योगिक व्यापार मेला वैशाख २६ देखि

उद्योग, प्रमुख समाचार
काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले वैशाख २६ देखि ३० गतेसम्म सम्म १७ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला २०८१ आयोजना गर्ने भएको छ। मेला स्वदेशी उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘खोजौं नेपाली, रोजौं नेपाली’ र ‘नेपाली वस्तुको प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ मूल नारासाथ मेला आयोजना गर्न लागिएको महासंघले जनाएको हो । काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आयोजना गरिने मेलामा ६ लाखभन्दा बढी लघु, घरेलु तथा साना उद्योग र कृषि व्यवसायमा संलग्न उद्यमीहरु सहभागी हुनेछन्‌। साथै सार्क मुलुक र चीनका उद्यमीरव्यवसायी समेतको सहभागीता रहनेछ। २५० वटा स्टल रहने मेलालाई दुई लाख भन्दा बढीले अवलोकन गर्ने र सात करोड रुपैयाँभन्दा बढी आर्थिक कारोबार हुने महासंघले अनुमान गरेको छ।...
कैलालीका १ सय ३७ साना उद्योग बन्द

कैलालीका १ सय ३७ साना उद्योग बन्द

उद्योग, प्रमुख समाचार
काठमाडौं ।  कच्चा पदार्थको अभावमा कैलाली जिल्लामा सञ्चालित एक सय ३७ वटा घरेलु तथा साना उद्योग बन्द भएका छन्। कतिपय उद्योग भने सञ्चालन खर्च जुटाउन नसकेर र केही आफ्ना उत्पादनले बजार मूल्यसँग प्रतिस्पर्धा गर्न नसक्दा बन्द भएका हुन्। घरेलु तथा साना उद्योग कार्यालयका अनुसार कतिपय उद्योगका सञ्चालक रोजगारीका लागि विदेश गएकाले पनि उद्योग बन्द भएका हुन्। यद्यपि पछिल्लो समय उद्योग दर्तामा महिलाको स्वामित्व उल्लेख्यरूपमा बढ्दै गएको पाइएको छ। महिलाको नाममा निजी फर्म दर्तामा छुटको व्यवस्था भएसँगै उद्योग दर्तामा महिलाको स्वामित्व बढेको छ। कैलालीमा हालसम्म १५ हजार चार सय ३४ उद्योग दर्ता भएका छन्। जिल्लामा दर्ता भएका उद्योगमध्ये एक सय ३७ उद्योगको दर्ता खारेज भएको छ। हालसम्म उत्पादनमूलक तीन हजार एक सय ९४, कृषि छ हजार चार सय ८८, निर्माण दुई, पर्यटनमूलक ६५, सूचना प्रविधि १२, सेवामूलक पाँच हजार छ सय ...
कुमारी बैंकले ग्लोबल मनी वीकको अवसरमा सुरु गर्यो रिकरिङ्ग निक्षेप गोल क्याल्कुलेटर

कुमारी बैंकले ग्लोबल मनी वीकको अवसरमा सुरु गर्यो रिकरिङ्ग निक्षेप गोल क्याल्कुलेटर

प्रमुख समाचार, बैंक तथा वित्त
काठमाडौं। विगत २५ वर्षदेखी बैंकिङ्ग समाधानहरू प्रदान गर्दै आएको नेपालको अग्रणी वित्तीय संस्था, कुमारी बैंक लिमिटेडले, आफ्नो नवीनतम डिजिटल उपकरण, रिकरिङ्ग निक्षेप क्याल्कुलेटर आफ्नो वेबसाइटमा उपलब्ध भएको घोषणा गरेको छ । कुमारी बैंकले ग्लोबल मनी वीकको १२ औँ संस्करणको अवसरमा यो सेवा सुचारु गर्न लागेको जनाएको छ । ग्लोबल मनी वीक एक विश्वव्यापी वार्षिक चेतना जगाउने अभियान हो जसले युवाहरुलाई सानै उमेर देखी आर्थिक रूपमा सचेत गराउने र वित्तीय चुनौतीहरुको पहिचान र सो समाधानका उपायहरु सिकाउने गर्दछ भने कुमारी बैंक लिमिटेड पनि यस अभियानमा जोडिएको छ । प्रयोगकर्ता अनुकूल रहेको क्याल्कुलेटरले ग्राहकहरूलाई निश्चित रिकरिङ्ग निक्षेप लगानीबाट सम्भावित प्रतिफल अनुमान गर्न र वित्तीय योजनामा अझ बढी स्पष्टताको साथ सशक्त बनाउन सहयोग गर्दछ । यस क्याल्कुलेटरले उन्नत एल्गोरिदमहरू प्रयोग गर्दछ जसको प्रयोगबाट बच...
नेपाल लाइफद्वारा एएमएल र सीएफटी सम्बन्धी तालिम सम्पन्न

नेपाल लाइफद्वारा एएमएल र सीएफटी सम्बन्धी तालिम सम्पन्न

प्रमुख समाचार, बीमा
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन २०७५ को दफा १५ को नियम अनुसार सञ्चालक समितिका सदस्य तथा विभागीय प्रमुखहरूलाई एएमएल र सीएफटी सम्बन्धी तालिम प्रदान गरेको छ । शनिबार धुलिखेलस्थित सोल्टी वेस्टइन्ड रिसोर्टमा सम्पन्न भएको उक्त कार्यक्रममा सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय संस्थाबाट हुनसक्ने समस्या तथा त्यसका समाधानहरूको बारेमा प्रशिक्षण प्रदान गरिएको थियो । उक्त कार्यक्रममा पछिल्लो समय नेपालको पारस्परिक मूल्याकंन प्रतिवेदनले इन्स्योरेन्स क्षेत्रसँग सम्बन्धित उठान गरेका विषयहरू र अवलम्बन गर्नुपर्ने रणनितिको बारेमा प्रकाश पारिएको थियो । सम्पत्ति शुद्धिकरण ऐनले सञ्चालक समितिको काम कर्तव्य र अधिकारकोे बारेमा गरेको व्यवस्था प्रकाश पार्नुका साथसाथै त्यसलाई कार्यान्वयन गर्न कसरी अगाडि बढ्ने भन...
ठगी र कृत्रिम अभाव हुन नदिने उद्योगमन्त्री भण्डारीको प्रतिबद्धता

ठगी र कृत्रिम अभाव हुन नदिने उद्योगमन्त्री भण्डारीको प्रतिबद्धता

आर्थिक गतिविधि, प्रमुख समाचार, राजनीति
काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उपभोक्ता ठगी र कृत्रिम अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले शनिबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले उपभोक्ता ठगी, कृत्रिम अभाव, अनुचित मूल्यवृद्धि र अनुचित व्यापारिक कामलाई नियन्त्रण गर्न जोखिम तथा सूचना प्रणालीमा आधारित अनुगमन प्रणालीलाई व्यवस्थित र नतिजामुखी बनाउने बारे बताएका हुन् । मन्त्री भण्डारीले उपभोक्ताको हित संरक्षणका विषयमा काम गरिरहेका सरोकारवालालाई साथमा लिएर स्वच्छ बजार तथा उपभोक्ता हित सम्बन्धी कामलाई परिणाममुखी बनाइने बताएका छन् । उनले उपभोक्ता हित संरक्षणका लागि सरकारले तीनै तहका सरकारको जिम्मेवारी र जवाफदेहितासहितको आपूर्ति तथा उपभोक्ता हित संरक्षण नीति जारी गर्ने तयारी समेत गरिएको जानकार...