Friday, May 17Nepal News Portal
Shadow

प्रमुख समाचार

जेठ २५ गते नेष्डो समृद्ध लघुवित्तको साधारण सभा

जेठ २५ गते नेष्डो समृद्ध लघुवित्तको साधारण सभा

आर्थिक गतिविधि, प्रमुख समाचार
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले पाँचौ वार्षिक साधारण सभा आगामी जेठ २५ गते बोलाएको छ । कम्पनीको गत वैशाख २९ गते बसेको सञ्चालक समितिको बैठकले सभा रोयल कुश्मा रिसोर्ट कुश्मा पर्वतमा गर्ने निर्णय गरेको हो । सभाले आर्थि वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । त्यस्तै, सभाले अन्य इजाजत प्राप्त कुनै एक वा एकभन्दा बढी उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने सम्बन्धी सम्पूर्ण कार्यहरु गर्न गराउनको लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले आगामी जेठ १८ गते एक दिन बुक क्लोज गर्ने बताएको छ । जेठ १७ गतेसम्म कायम शेयरधनीले साधारण सभा सहभागिता पनि जनाउन सक्नेछन् ।...
आज बिहीबार नेप्से ५.६३ अंकले बढ्यो

आज बिहीबार नेप्से ५.६३ अंकले बढ्यो

प्रमुख समाचार, ब्यानर
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार बढेको छ । यो दिन नेप्से ५.६३ अंकले बढेर १ हजार ९६६.२३ विन्दुमा बन्द भएको छ । बुधाबार भने बजार सामान्य अंकले घटेको थियो भने आज राम्रा र बलिया कम्पनीहरुको बजार मापक सेन्सेटिभ इन्डेक्स पनि १.१९ अंकले बढेर ३५०.६० विन्दुमा पुगेको छ । आज नेप्सेमा सूचीकृतमध्ये ३१३ वटा कम्पनीको ७० लाख ५८ हजार ३९९ कित्ता शेयर कारोबार हुँदा ३ अर्ब १२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । अघिल्लो कारोबार दिन भने २ अर्ब ५४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । केहि दिन यतादेखि शेयर कारोबार अस्थिर रहेको छ । यसैगरी, आज विकास बैंक उपसमूह ०.७९ प्रतिशतले बढेको छ । त्यस्तै वित्त उपसमूह ०.६६ प्रतिशतले बढेको छ । बैकिङ उपसमूह ०.४६ प्रतिशतले बढेको छ । त्यस्तै यो दिन सबैभन्दा बढी लघुवित्त उपसमूह ०.९० प्रतिशतले घटेको छ । यसका साथै जीवन बीमा उपसमूह भने ०.४४...
पर्वतका ९१ साना उद्योग अततः बन्द

पर्वतका ९१ साना उद्योग अततः बन्द

प्रमुख समाचार, ब्यानर
काठमाडौं । कोरोना महामारीसँगै आर्थिकमन्दीमा परेका पर्वतका ९१ साना उद्योग अन्ततः बन्द भएका छन् । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १६२ उद्योग, व्यवसाय फर्म दर्ता भएकामा ९१ बन्द भएका पर्यटन तथा उद्योग कार्यालयका प्रमुख अशोककुमार नेपालीले जानकारी दिएका ह्न । चालु आवको चैत मसान्तसम्म ८० नयाँ उद्योग दर्ता भएका छन् । आर्थिकमन्दी, युवा शक्तिको बढ्दो पलायन, आयातित बस्तुसँग प्रतिस्पर्धा गर्न नसक्नु, बजार अभावलगायत कारण उद्योग विस्थापित हुने क्रम बढेको कार्यालय प्रमुख नेपालीले जनाएका हुन् । कोरोना महामारीपछि दर्ता हुने उद्योगको तुलनामा खारेज हुनेको संख्या बढेको छ । पर्वतमा अघिल्लो आवमा ९२ उद्योग खारेज भएका थिए भने २७४ वटा व्यवसाय दर्ता भएका थिए । कार्यालय प्रमुख नेपालीका अनुसार कृषि, पशुपन्छी फार्म, फलफूल खेती, गाईपालन, भैँसीपालन, व्यावसायिक बाख्रापालनलगायत अन्य घरेलु उत्पादनका उद्योग दर्त...
आज बिहीबार सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो

आज बिहीबार सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो

प्रमुख समाचार
काठमाडौं । आज बिहिबार सुन मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । बुधबार प्रतितोला १ लाख ३६ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ८ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको भाउ पनि ८ सय रुपैयाँले नै घटेको छ । आज तेजावी सुन प्रतितोला १ लाख ३४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ १० रुपैयाँ प्रतितोलाका दरले बढेको छ । आज चाँदी तोलामा १ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।  ...
आजबाट १७ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव सुरु

आजबाट १७ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव सुरु

प्रमुख समाचार, ब्यानर
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गरिबी न्यूनीकरण, रोजगारी अभिवृद्धि गरी आत्मनिर्भर बनाउन योगदान दिने मुलुकको अर्थतन्त्रको जगका रुपमा रहेको लघु, घरेलु तथा साना उद्योगलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघद्वारा राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आयोजित नेपाल १७ औँ अन्तर्राष्ट्रिय औधोगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०८१ को बुधबार काठमाडौँमा उदघाट्न गर्दै उनले यस्तो बताएका हुन् । यस क्षेत्रका विद्यमान समस्या समाधानमा सरकार र व्यवसायीले हातेमालो गरेर अघि बढ्नुपर्ने आवश्यक औंल्याउँदै उनले मुलुकलाई औद्योगिक विकासतर्फ अग्रसर गराउन साना तथा घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी रहेको बताएका छन् । स्थानीय श्रम, सीप, प्रविधि, कच्चा पदार्थ, जनशक्ति प्रयोग गरी थोरै लगानीमा गर्न सकिने उद्योगबाट उत्पादन र उत्पादकत्व बढाउँदै आयआर्जनका मा...
एन आई सी एशिया बैंकद्वारा महिला फुटबल टोली सम्मानित

एन आई सी एशिया बैंकद्वारा महिला फुटबल टोली सम्मानित

आर्थिक गतिविधि, प्रमुख समाचार, बैंक तथा वित्त
काठमाडौं । एन आई सी एशिया बैंकले राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ । केही समयअघि साउदी अरेबियामा सम्पन्न डब्लुएएफएफ महिला च्याम्पियनशिप २०२४ को प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपविजेता बन्न सफल भएको महिला फुटबल टोलीलाई बैंकले सम्मान गरेको हो । बैंकले वैशाख २४ गते ललितपुर स्थित होटल हिमालयनमा विशेष कार्यक्रम आयोजित गरेर अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रर्दशन गरेर राष्ट्रको गरिमा उच्च राख्न अतुलनीय योगदान गरेको भन्दै राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ । बैैंकले अखिल नेपाल फुटबल संघ (एन्फा) को सहकार्यमा आयोजित उक्त सम्मान कार्यक्रममा राष्ट्रिय महिला फुटबल टोलीका ३१ सदस्यहरुलाई जनही रु. २५००० र  सम्मानपत्र सहित सम्मान गरेको हो । साथै, उक्त कार्यक्रमका बीच बैंकले राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर अञ्जना राना मगरज्यूलाई ब्राण्ड प्रमोटरका रुपमा समेत घोषणा गरे...
दोहोरो अंकले घट्यो नेप्स

दोहोरो अंकले घट्यो नेप्स

आर्थिक गतिविधि, प्रमुख समाचार
काठमाडौं । आज सोमबार पनि शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यो दिन नेप्से परिसूचक १५६२ अंकले घटेर १ हजार ९५८.७५ विन्दुमा झरेको छ । अघिल्लो कारोबार दिन आइतबार पनि बजार २४.५८ अंकले घटेको थियो । त्यसैगरी, यो दिन राम्रा र बलिया कम्पनीहरुको बजार मापक इन्डेक्स सेन्सेक्स पनि ३.३८ अंकले घटेर ३४७.८० विन्दुमा झरेको छ ।यो दिन नेप्सेमा सूचीकृतमध्ये ३१० कम्पनीको ६९ लाख ७८ हजार ३२१ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । उता अघिल्लो कारोबार दिन आइतबार भने ३ अर्ब ७९ करोड रुपैयाँभन्दा माथिको कारोबार भएको थियो । नेप्सेमा रहेका १३ उपसमूहमध्ये विकास बैंक बाहेक सबै उपसमूह राताम्मे भएका छन् । विकास बैंक उपसमूह ०.२३ प्रतिशतले बढेको छ । यसैगरी, यो दिन सबैभन्दा बढी वित्त उपसमूह १.९६ प्रतिशतले घटेको छ । त्यस्तै दोस्रोमा लघुवित्त उपसमूह १.८१ प्रतिशतले घटेको छ । य...
राइडरहरुबाट ‘इन ड्राइभ’ ले १० प्रतिशत कमिशन लिने

राइडरहरुबाट ‘इन ड्राइभ’ ले १० प्रतिशत कमिशन लिने

आर्थिक गतिविधि, प्रमुख समाचार
काठमाडौं । राइड सेयरिङ कम्पनी ‘इन ड्राइभ’ ले राइडरहरुबाट १० प्रतिशत कमिशन लिने भएको छ । कम्पनीले आज औपचारिक कार्यक्रम गर्दै विधिवत रुपमा नेपालमा ‘इन ड्राइभ’ सेवा सुरु गरिएको बताएको हो । यस अघि पनि सेवा दिइरहेको भएपनि कम्पनीले अब भने दर्ता भएर विधिवत रुपमा सेवा सुरु गरेको छ । यस अघि कम्पनीले कमिशन लिने गरेको थिएन् तर दर्ता भएपछि मात्र कमिशन लिने भएको हो । कम्पनीले नेपालको लागि डाइरेक्टर पनि नियुक्त गरेको जानकारी दिएको छ ।...
बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

प्रमुख समाचार
काठमाडौं । आज सोमबार सुनचाँदीको मूल्य बढेको छ । आइतबार प्रतितोला १ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको भाउ पनि तोलामा २ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ३४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ पनि आज सोमबार तोलामा २० रुपैयाँले बढेर १ हजार ६ सय ६० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंले जनाएको छ ।  ...
२४.५८ अंकले घट्यो नेप्से

२४.५८ अंकले घट्यो नेप्से

आर्थिक गतिविधि, प्रमुख समाचार
  काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज  (नेप्से) २४.५८ अंकले घटेर १ हजार ९७४.३७ विन्दुमा झरेको छ । त्यसैगरी राम्रा र बलिया कम्पनीहरुको बजार मापक सेन्सेक्स पनि ४.८६ अंकले घटेर ३५१.१८ विन्दुमा झरेको छ । आज नेप्सेमा सूचीकृतमध्ये ३१६ कम्पनीको ९७ लाख ६२ हजार ८०३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७९ करोड रुपैयाँभन्दा माथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसमूहमध्ये लघुवित्त र निर्जीवन बीमा उपसमूह मात्रै बढेका छन् भने बाँकी सबै उपसमूह रातम्मे भएका छन् । यो दिन लघुवित्त उपसमूह ०.१६ प्रतिशत र निर्जीवन बीमा उपसमूह ०.०४ प्रतिशतले बढेको छ । यसैगरी, यो दिन सबैभन्दा बढी विकास बैंक उपसमूह २.६५ प्रतिशतले घटेको छ । त्यस्तै दोस्रोमा उत्पादन तथा प्रोसेसिङ उपसमूह २.३७ प्रतिशतले घटेको छ । आज सर्वाधिक कमाउने कम्पनीमा दोल्ती पावर कम्पनी रहेको छ । उक्त कम्पनीको शेयरमूल्य यो दिन ९.५६ प्रतिशतले बढ...