Monday, May 13Nepal News Portal
Shadow

आइफोन १६ को क्यामेरा डिजाइन कुन आइफोन जस्तै ?


काडमाडौं । आइफोन १५ सार्वजनिक अगाडी नै आइफोन १६ को विशेषताहरू पनि बाहिरिन थालेको छ।

प्रविधिसम्बन्धी सूचना तथा जानकारी प्रकाशन गर्ने वेबसाइट ग्याजेट्स ३६० का अनुसार एप्पलले सन् २०२३ को सेप्टेम्बरमा आइफोन १५ सार्वजनिक गर्ने तयारी गरेको छ। यद्यपि उक्त मोडल सार्वजनिक हुनु अघि आइफोन १६ कै विशेषताहरू सार्वजनिक हुन थालेको हो।

बाहिरिएको नयाँ जानकारीअनुसार आइफोन १६ सिरिजका फोनहरूमा आइफोन १२ को जस्तै क्यामेरा मोड्युल डिजाइन हुनेछ।आइफोन १६ मा ठाडो क्यामेरा लेआउट हुने अनुमान रहेको छ।

सार्वजनिक हुने तयारीमा रहेको आइफोन १५ मा तेर्सो लेआउटको क्यामेरा हुनेछ। यसले गर्दा पनि आइफोन १५ र १६ मोडेलको फोन छुट्याउन सहयोग गर्नेछ।

तर आइफोन १६ सन् २०२४ मा मात्रै सार्वजनिक हुने हुँदा यसमा परिवर्तन हुने सम्भावनहरू पनि धेरै रहेको बताइएको छ।

एप्पलले आइफोन १२ को पछाडि भागमा डुअल क्यामेरा सेटअपसँगै एलइडी फ्यास राखेको थियो। क्यामेराको सेन्सर ठाडो तरिकामा राखिएको थियो। आइफोन १३ देखि क्यामेरा र सेन्सरको सेटअप एक वर्ग आकारको मोड्युलमा तेस्रो हुन थालेको छ।

ुआइफोन १२ को जस्तै क्यामेरा र सेन्सर डिजाइन बनाउने हो भने आइफोन १६ केही भिन्न भने पक्कै देखिन्छ, ग्याजेट्स ३६० ले लेखेको छ, सार्वजनिक जानकारी अनुसार यसको नच पनि पिल (औषधिको गोली) आकारको हुनेछ।

सोमबार मात्रै पनि आइफोन १६ सिरजको आइफोन १६ प्रो र १६ प्रो म्याक्स ९अल्ट्रा० को डिस्प्ले कस्तो हुनेछ भन्नेबारे केही जानकारी बाहिरिएको थियो। नाइन टु फाइभ म्याकले जनाएअनुसार आइफोन १६ प्रो र १६ प्रो म्याक्सको स्क्रिन आइफोन १५ सिरिजको तुलनामा ठूलो हुनेछ।

Total Page Visits: 153 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्