Sunday, April 28Nepal News Portal
Shadow

व्यापारीले प्याजको मूल्य बढी लिएमा कारबाही हुने


काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले व्यापारीले प्याजको मूल्य बढी लिए कारबाही हुने बताएको छ।

शुक्रबार एक सूचना जारी गर्दै विभागले प्याजको मूल्य बढाए व्यापारीलाई कारबाही हुने बताएको हो।

आगामी आर्थिक वर्षका लागि पेश गरिएको बजेट वक्तव्यमा प्याजको आयातमा मूल्य अभिवृद्धि कर लागेको बहानामा वस्तुको स्वभाविक मूल्यभन्दा उच्च मूल्य कायम गरी बेचबिखन गर्ने कार्य उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम दण्डनीय अपराध भएको व्यहोरा सबैमा विदितै छ, उक्त सूचनामा भनिएको छ।

बजारमा प्याजको अध्यधिक मूल्य वृद्धि भएको बारे विभागमा उपभोक्ताको गुनासो आएको समेत विभागले जानकारी दिएको छ।

विभागकाअनुसार बजारमा प्याजको अस्वाभाविक उतार-चढाव महसुस हुनासाथ विभागले बजारको आपूर्ति प्रणालीको अध्ययन तथा अनुगमन गरिरहेको छ।

Total Page Visits: 134 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्