Tuesday, May 14Nepal News Portal
Shadow

अब पार्टी एकता अभियान जगाउँदा राम्रो : महेश बस्नेत


काठमाडौं, (ससं) । नेकपा ओली समूहका नेता महेश बस्नेतले सर्वोच्च अदालतको फैसलाले मुलुक राजनीतिक अस्थिरतातर्फ जाने खतरा बढेको बताएका छन् । तर, उनले सर्वोच्च अदालतको फैसलाको सम्मान सबैले गर्नुपर्ने बताएका छन् ।

‘मुलुक चाहिँ राजनीतिक अस्थिरताको दिशातिर जाने सम्भावना बढ्यो । नयाँ–नयाँ समीकरण बन्ने र भत्कने दिशातिर जाने सम्भावना बढ्यो’, बस्नेतले भने । तर, नेताहरुले सुझबुझपूर्ण ढंगले फैसला गर्नुपर्ने उनको भनाइ छ ।

सँगै, अब विभाजित नेकपालाई एकता गराउनेतिर लाग्नु राम्रो हुने उनको भनाई छ । ‘विभाजित नेकपा भित्रको एकता प्रक्रियालाई जगाउनुपर्छ । बामदेव कमरेडहरुको क्रियाशीलता जति बढ्यो, त्यति नै राम्रो गर्ला’, बस्नेतले भनेका छन् । संसद् पुनर्स्थापनाले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको हातमा राजनीतिक खेल भएको उनको भनाइ छ ।

Total Page Visits: 912 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्