Sunday, May 5Nepal News Portal
Shadow

पर्यटन मन्त्रालयले सोध्यो क्यानका महानिर्देशकलाई स्पष्टिकरण


काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई स्पष्टिकरण सोधेको छ । सोमबारको मन्त्रीस्तरीय निर्णय अनुसार अधिकारीलाई स्पष्टिकरण सोधिएको हो ।

आ.व. २०७९/८० को संघीय संसदले पास गरेको बजेट तथा कार्यक्रमको बुँदा नं. १०१ मा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकाय र सेवा प्रदायक निकायको रुपमा छुट्याउने भनी उल्लेख भएको र सो बमोजिम कार्य भइरहेको र त्यसको विपरित महानिर्देशकले अभिव्यक्ति दिएको भन्दै स्पष्टिकरण सोधिएको हो ।

उक्त बुँदा बमोजिम प्रक्रिया अघि बढिरहेको अवस्थामा सरकारको नीति विपरित विभिन्न कार्यक्रममा अभिव्यक्ति दिने, उक्त नीतिको प्रतिकुल सञ्चार माध्यमहरुमा अन्तर्वार्ता तथा अभिव्यक्त दिने जस्ता कार्यहरु गरी सरकारको नीतिको परिपालन नगर्ने र उल्टै त्यसलाई चुनौति दिने कार्यमा संलग्न रहेको पाइएको पाइएको पनि स्पष्टिकरण सोधिएको पत्रमा उल्लेख छ ।

Total Page Visits: 115 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्