काठमाडौं, पुस १८ (ससं) । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटडको आईपीओ डिम्याट खातामा जम्मा भएको छ । पुस १० गते ५ लाख ४० हजार लगानीकर्ताले जनही १० कित्ताको दरले प्राप्त गरेको आईपीओ डिम्याट खातामा जम्मा भएको हो ।
पीएलआई स्टक संकेतबाट मेरो शेयरमा उक्त शेयर जम्मा भएको हो । कम्पनीको २ करोड कित्ता साधारण शेयर शुक्रवारमात्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
अब कम्पनीको पहिलो कारोबार आइतवारदेखि हुँदैछ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १०९ दशमलव ५६ पैसादेखि ३२८ दशमलव ६८ पैसा तोकेको छ । कम्पनीले मंसिर २९ गतेदेखि पुस २ गतेसम्म ६० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो ।