Saturday, May 18Nepal News Portal
Shadow

स्नातक तह प्रथम वर्षको परीक्षा साउन ११ गतेदेखि हुने


काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) का कारण करिब २१ महिनादेखि रोकिएको स्नातक तह प्रथम वर्षको परीक्षा साउन ११ गतेदेखि हुने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यलयले साउन ११ गतेदेखि हुने परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षार्थीले आफूले छनोट गरेको परीक्षा केन्द्रमा परीक्षा दिन पाउने छन् ।

वार्षिक परीक्षा प्रणाली अन्तर्गत ४/३ वर्षे स्नातकतह प्रथम वर्ष मानविकी, शिक्षाशास्त्र र व्यवस्थापन संकाय एवं विज्ञान तथा प्रविधि अध्ययन संस्थानका नियमित, आंशिक, मौका एवं प्राइभेट परीक्षा दिने परीक्षार्थीहरुको परीक्षा कोभिड-१९ का कारण वैशाख १३ गतेपछिका परीक्षाहरु स्थगित भएका थिए ।

परीक्षा दिन परीक्षार्थीहरुले आफूले परीक्षा दिनुपर्ने विषय र कोड यकिन गरेर मात्र परीक्षा दिनुपर्ने छ । यसमा अन्यथा हुन गएमा त्रिवि परीक्षा नियन्त्रण कार्यलय जवाफदेही नहुने जनाएको छ ।

त्यस्तै परीक्षा फारम भर्न छुटेकाले सूचना प्रकाशित भएको मितिदेखि असार १५ गतेसम्ममा परीक्षा आवेदन फारम भर्नरभराउन सम्बन्धित क्याम्पसहरुले २०७८ असार १६ गतेभित्र आवश्यक प्रक्रिया पुर्‍याइ परीक्षा आवेदन फारम सम्बन्धित परीक्षा नियन्त्रण कार्यलयमा बुझाइसक्न निर्देशन दिएको छ ।

Total Page Visits: 1356 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्