Saturday, May 4Nepal News Portal
Shadow

मल कारखानाका लागि लगानी खोज्न बोर्डको क्षमता पुगेनः सुशील भट्ट


काठमाडौं । लगानी बोर्डका कार्यकारी निर्देशक सुशील भट्टले रासायनिक मल कारखाना स्थापनाका लागि लगानीकर्तालाई आह्वान गर्न बोर्डको क्षमता नपुगेको बताएका छन् ।

सोमबार बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले मल कारखाना स्थापना गर्ने ज्ञान, सीप निजी क्षेत्र र लगानीकर्तामा हुने बताएका हुन् । रासायनिक मलको उत्पादन गर्ने कारखाना नेपालमा खोल्न सम्भव छ वा छैन भन्नेबारेमा अध्ययन गर्ने काम भइरहेको उनले बताए ।

सरकारले बजेटमा स्वदेशमा नै रासायनिक मल कारखाना स्थापना गर्न विस्तृत परियोजना प्रतिवेदन तयार गरी पब्लिक प्राइभेट पार्टनरसिपमा लगानी बोर्डमार्फत काम अगाडि बढाइने बताइसकेको उनले सम्झिए ।

अर्थ मन्त्रालय र लगानी बोर्डले समन्वयमा प्रभावकारी रुपमा सरकारका विगतका निर्णय आत्मसाथ गरेर रासायनिक मलको उत्पादन गर्ने कारखानाका लागि आवश्यक अध्ययन गरिरहेको उनको भनाइ छ ।

कार्यकारी निर्देशक भट्टले सार्वजनिक निजी साझेदारी र निजी लगानी ऐन २०७५ र नियमावली २०७७ ले गरेको प्रावधान प्रक्रियाअनुरुप क्षमतावान लगानीकर्ताले प्रस्ताव दिनसक्ने बताए ।

Total Page Visits: 119 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्