Saturday, May 18Nepal News Portal
Shadow

राष्ट्रियसभा बैठक स्थगित


काठमाडौं । राष्ट्रियसभा बैठक एक सातासम्मका लागि स्थगित भएको छ । बजेटसँग सम्बन्धित दुई विधेयक पारित गरेपछि बैठक एक सातासम्मका लागि स्थगित भएको हो ।

आज प्रमुख प्रतिपवक्षी नेकपा एमालेको विरोधकाबीच राष्ट्रियसभाले आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक पारित ग¥यो । त्यसपछि सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को बैठक असोज १७ गते दिउँसो १ बजेका लागि तोकेका हुन् ।

अधिवेशन सुरु भए देखि नै एमालेको विरोध कायम रहेकाले बजेट भन्दा अन्य विषयमाथि छलफलको वातावरण बन्न नसकेकाले बैठक एक साता पर राखिएको राष्ट्रिय सभा सचिवालयले बताएको छ ।

Total Page Visits: 433 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्