Saturday, May 18Nepal News Portal
Shadow

नेप्सेमा ३.६५ अंकको गिरावट


काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार (आज) नेप्से परिसूचक ३.६५ अंकले घटेर बन्द भएको छ । दिनभरिको कारोबारमा परिसूचक १९९० विन्दुसम्म घटेको थियो । नेप्से परिसूचक २०२३.५४ विन्दुमा बन्द भएको छ ।

यस दिन २५९ धितोपत्रको ५१ लाख २० हजार ८८८ कित्ता सेयर एक अर्ब ८९ करोड रुपैयाँमा खरिद–बिक्री भएको छ । स्वाभिमान लघुवित्त वित्तीय संस्था र सामलिङ पावरको सेयर मूल्य ९ %भन्दा बढीले वृद्धि भएको छ ।

सर्वाधिक सेयर मूल्य घट्नेमा राप्ति हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेड छ । यो कम्पनीको सेयर मूल्य ६.४३ %ले घटेको छ ।

आज सर्वाधिक रकमको सेयर खरिद–बिक्री हिमालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ । यो कम्पनीको ६ करोड ६८ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

यस दिन सेन्सेटिभ इन्डेक्स ०.२२ %ले घटेर ३८३ विन्दुमा रोकिएको छ । कारोबारमा आएका १३ मध्ये चार समूहको परिसूचक वृद्धि भएको छ । बाँकी समूहको परिसूचक घटेको छ ।

परिसूचक वृद्धि हुनेमा होटेल तथा पर्यटन समूहको १.३८ %, ‘अन्य’ समूहको ०.८ %, म्युचुअल फन्ड समूहको ०.५१ % र निर्जीवन बिमा समूहको ०.०८ % छ ।

सर्वाधिक परिसूचक घट्नेमा फाइनान्स समूह छ । यो समूहको परिसूचक १.६५ %ले घटेको हो।

Total Page Visits: 205 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्