Saturday, May 11Nepal News Portal
Shadow

सिटिजन लाइफको आइपीओ बाँडफाँड


काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आइपीओ बाँडफाँड गरेको छ । असार ३१ देखि साउन १४ गतेसम्म निष्काशन गरिएको आइपीओ आज बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलमा बाँडफाँड गरेको हो ।

कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई निष्काशन गरेको ११ लाख २५ हजार कित्ता शेयर आज बाँडफाँड भएको हो । क्यापिटलका अनुसार यस आइपीओमा २७ हजार ६ सय ३२ जनाबाट आवेदन प्राप्त भएकोमा ४ जना आवेदकको आवेदन रद्द गरिएको छ। कूल २७ हजार ६ सय २८ जनाको आवेदन योग्य छ ।

क्यापिटलका अनुसार न्युनतम १० देखि ४० कित्ता सम्म माग गर्ने ७ हजार ८ सय ८५ आवेदकहरुलाई माग बमोजिम शेयर पाएका छन् । त्यस्तै ५० देखि २,००० कित्ता सम्म माग गर्ने १९,७४३ आवेदकहरुले ४० कित्ताका दरले शेयर पाएका छन् ।

त्यसैगरी ५० देखि २,००० कित्ता सम्म माग गर्ने १९,७४३ जनालाई गोलाप्रथामा समावेश गराई १८ हजार २९ जनालाई थप १० कित्ताका दरले शेयर बाँडफाँड गरिएको छ। यस हिसाबमा लगानीकर्ताले अधिकतम ५० कित्ताका दरले शेयर पाएका छन्।

आइपीओको नतिजा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलको वेबसाइट, मेरो शेयरको वेबसाइट र सिडीएसले आइपीओको नतिजा हेर्न तयार पारेकोको वेबसाइटबाट हेर्न सकिने छ।

Total Page Visits: 114 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्