Thursday, May 16Nepal News Portal
Shadow

हिमालयन बैंक र नेपाल वन पैदावार उद्योग व्यवसाय महासंघबीच सम्झौता



काठमाडौं । हिमालयन बैंक लिमिटेड र नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघबीच व्यावसायिक सम्झौता भएको छ । शुक्रबार देखि लागू हुने गरी भएको उक्त सम्झौता अनुसार बैंकले नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका सदस्यहरुलाई एसएमइ अन्तर्गत १२ करोड रुपैयाँसम्मको विशेष कर्जा प्यकेज दिने छ ।

यस सम्झौता अन्तर्गत बैंकले न्यूनतम ब्याज दर, कर्जा शुल्क, प्रतितपत्र वा बैंक जमानत जारी गर्न नगद मर्जिन र कमिसनमा बैंक जमानत जारी गर्ने बताएको छ । उक्त सेवा सो महासंघका सदस्यहरुले बैंकको काठमाडौं उपत्यका भित्र र बाहिर रहेकासम्पूर्ण शाखाहरुबाट सहज रुपमा प्राप्त गर्न सक्ने बताइएको छ ।

Total Page Visits: 1036 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्