काठमाडौं । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः सन्तोष कोइराला नियुक्त भएका छन् । पुस ५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले कोइरालालाई थप अर्को कार्यकालका लागि सीईओमा नियुक्त गरेको हो ।
कोइरालाले अब थप ४ वर्ष कम्पनीको सीईओको कार्यभार सम्हाल्ने छन् । सीईओ कोइरालासँग साढे २ दशकभन्दा लामो बैंकिङ अनुभव रहेको छ । उनले करियरको छोटो समयमा नै सफल बैंकरको रुपमा चिनिएका छन् ।