Sunday, April 28Nepal News Portal
Shadow

राजस्व नीति तर्जुमाका लागि सुझाव दिन मन्त्रालयको आग्रह


काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ को राजस्व नीति तर्जुमाका लागि सुझाव माग गरेको छ । राजस्व परामर्श समितिलाई क्षेत्रगत सुझाव दिन मन्त्रालयले निजी क्षेत्रसँग सुझाव माग गरेको हो ।
सुझाव चैत ७ गतेसम्म मन्त्रालयले बनाएका उद्योग, वाणिज्य, लगानी तथा निर्यात प्रवर्द्धन उप-समितिमा पेश गर्नुपर्ने छ ।

सुझाव संकलन सम्बन्धी सूचना

आगामी आ.व. 2081/82 को राजस्व नीति तर्जुमाका सन्दर्भमा राजस्व परामर्श समितिलाई क्षेत्रगत सुझाव दिने प्रयोजनका लागि गठित उद्योग, वाणिज्य, लगानी तथा निर्यात प्रवर्द्धन उप-समितिमा पेश गर्ने सुझावहरु समेट्ने उद्देश्यले निजी क्षेत्र/निकायहरुबाट सुझाव संकलन गरी उक्त उप-समितिमार्फत प्रतिवदन पेश गर्ने प्रयोजनको लागि यो सार्वजनिक सूचना प्रकाशन गरिएको छ। तसर्थ मिति 2080/12/07 गते भित्र लिखित सुझाव पेश गर्नुहुन अनुरोध छ ।

e-mail: [email protected]

औद्योगिक तथा लगानी प्रवर्द्धन महाशाखा

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

Total Page Visits: 69 - Today Page Visits: 4
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्