Monday, May 13Nepal News Portal
Shadow

निर्वाचन आयोग पुगे प्रचण्ड–माधव


काठमाडौं, (ससं) । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिकता दावी गर्न प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनालसहितका नेताहरु निर्वाचन आयोग पुगेका छन् ।

नेता लिलामणि पोखरेलका अनुसार आवश्यक कागजपत्रसहित अध्यक्षसहित स्थायी समितिका सदस्यहरु पनि आयोग पुगेका हुन् । आयोगसमक्ष नेकपा र निर्वाचन चिन्ह आफ्नो पक्षमा रहेको दावी गर्ने नेता पोखरेलले बताएका छन् ।

सोमबार बसेको प्रचण्ड–माधव पक्षको चौथो केन्द्रीय समितिको बैठकले आयोगमा आधिकारिकता दाबी गर्न पत्रसहित जाने निर्णय गरेको थियो ।

Total Page Visits: 470 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्