Monday, April 29Nepal News Portal
Shadow

बजेटपछि साताभर नै ओरालो लाग्यो सेयर बजार


काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार पनि सेयर बजार घटेको छ । यो साता आइतबार सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याएको थियो । सोमबार पहिलो कारोबार दिनबाटै घट्न थालेको बजार त्यसयता हरेक दिन ओरालो लागेको छ। सेयर बजार शुक्रबार(आज) ३३.७६ अंकले घटेर २०७८.७० बिन्दुमा पुगेको छ ।

शुक्रबार(आज) उपसमूह राताम्य हुँदा सबैभन्दा धेरै नीर्जिवन बीमा र व्यापार उपसमूहका लगानीकर्ताले गुमाएका छन् । शुक्रबार २२६ कम्पनीको २६ हजार ६९३ वटा कारोबाटबाट ३८ लाख ४८ हजार ५०८ कित्ता सेयर किनबेच भयो । यसबाट कुल १ अर्ब ३० करोड ७३ लाख ५९ हजार ५४० रुपैयाँको कारोबार भएको छ ।

Total Page Visits: 358 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्