Sunday, May 19Nepal News Portal
Shadow

के तपाइको खुट्टा बाँउडिने, फर्कने गर्छ? गर्छ भने जान्नुहोस् यस्ता समाधानका उपाय


काठमाडौं, (ससं) । महिलाहरुमा धेरैजसो खुट्टा फर्कने समस्या गर्भावस्था वा महिनावारीको समयमा सबैभन्दा बढी हुन्छ । सबैभन्दा पहिलो के कारण खुट्टा फर्कने वा दुख्ने हुन्छ पत्ता लगाउन आवश्यक हुन्छ । यदि गर्भावस्थाका कारण हो भने त्यसैअनुसारको उपाय अनाउनु पर्छ । बच्चालाई हो भने खुट्टाको मालिस गर्नुपर्छ । तर, यदि यस्तो समस्या लामो समयसम्म रहिरहन्छ भने चिकित्सकलाई देखाउनु आवश्यक हु्रन्छ ।
खुट्टा फर्कने समस्याका कारण धेरै हुन सक्छन्, जस्तै मांसपेशी खुम्चने, मांसपेशीको थकान, धेरै हिड्नाले, तनाव, व्यायाम । यसबाहेक पानीको कमी, सन्तुलित भोजन नभएमा, खानामा क्याल्सियम वा पोटासियमजस्ता मिनरल, जसले गर्दा शरीरको हड्डी कमजोर हुँदै जन्छ । क्यास्ट्रोलको मात्रा कम भई शरीर वा मांसपेशीहरु कमजोर हुँदै जान्छ । यो समस्यालाई कम गर्ने उपाय यस्ता छन् ।

मनतातो पानीले नुहाउने – रातको समयमा खुट्टा फर्कन वा दुख्ने भएमा तपाई मनतातो पानीले नुहाउन सक्नुहुन्छ । अथवा दुखेको ठाउँमा ‘हट प्याड’ पनि राख्न सक्नुहुन्छ । प्रायजसो, यस्तो उपाय साधारण दुखाईबाट राहत पाउन प्रयोग गरिन्छ ।

क्याल्सियम, पोटासिय र म्याग्नेसियमले भरिएको भोजन लिने – हड्डि कमजोर भई खुट्टा फर्कने अथवा ऐठान पर्ने समस्या हुन्छ । यदि रातको समयमा खुट्टा फर्कने समस्या छ भने चिकित्सकसँग सल्लाह गरेर भिटामिन–डी, क्याल्सिय, म्याग्नेसियम तथा पोटासियम सप्लिमेन्ट सेवन गर्नुहोस् । यद्यपी, तपाईले यी भिटामिन पाइने खानेकुरा खानुभयो भने अझै राम्रो हुन्छ ।

तेलले मालिस गनुहोस् – खुट्टा फर्कने वा ऐठान पर्ने समस्याबाट निजात पाउनका लागि तोरी अथाव दौनीको तेलले खुट्टालाई मालिस गर्नुहोस, त्यसपछि कपडाले बेर्नुहोस् । तोरीको तेलमा एसिटीक एसिड हुन्छ, जसले शरीरको कुनै पनि भागमा दुखेको ठाउँमा लगाएर मालिस गरे दुखाई कम हुन्छ ।

Total Page Visits: 948 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्