Sunday, May 19Nepal News Portal
Shadow

यस्ता सपना अरुलाई झुक्किएर पनि नसुनाउनुहोस्


काठमाडौं, (ससं) । सपनाले भविष्यमा हुने वाला राम्रो नराम्रो घटनाको बारेमा पहिला नै जानकारी दिन्छ। तर हामी ती संकेतलाई बुझ्न सक्दैनौं। प्राय मान्छेहरुले निन्द्राबाट बिउझिंदा आफूले देखेका सपनाहरु बिर्सिने गर्छन्।

त्यसैले उनीहरुलाई सपनामा देखेका कुराहरुले जीवनमा पारेको असरबारे थाहा हुँदैन। प्राय मान्छेहरु रातको समय मा देखेको सपना विहान उठ्नासाथ आफ्ना परिवारका अन्य सदस्यलाई सुनाउने गर्छन्। तर यदि आफूले देखेका केही अचम्मलाग्दा सपनाहरु निन्द्राबाट बिउँझिने बित्तिकै अरुलाई सुनाउने गर्दा तपाइँलाई त्यस सपनाको फल प्राप्त नहुने साथै यसले तपाइँको जीवनमा पर्ने प्रभाव घट्दै जान्छ।

१.आफूलाई मृत अवस्थामा देख्नु भएमा

यदि तपाइँले निन्द्राको समयमा आफैँलाई मृत अवस्थामा देख्नुभएमा धेरै डर लाग्न सक्ने भएपनि अन्यन्त शुभ हुने गर्छ। यो सपनाको अर्थ तपाइँका जीवनमा आइपरेका हरेक समस्याहरुको अन्त्य हुँदै जानेछन्।

२. हराभरा बगैंचा र रुखमा फल लागेको देखेमा

यदि सपनामा तपाइँको घर वरिपरि वा नजिक कतै सुन्दर बगैंचा साथै कुनै रुखमा फल लागेको देख्नु धेरै शुभ मान्ने मान्ने गरिन्छ। यो सपनाको अर्थ तपाइँले जीवनमा चाहे जति खुशी प्राप्त गर्न सक्नुहुन्छ र आउने दिनहरुमा आर्थिक रुपले सम्पन्न हुने योग रहने छ।

३. सपनामा सानो माछा देखेमा

माछालाई देवताको प्रतिक समेत मान्ने गरिन्छ। यदि सपनामा सानो माछा पकाएको वा खाएको देख्नुभएमा यसको मतलब तपाइँलाई आकस्मिक धन लाभ हुनुको साथै सुख प्राप्ति हुने गर्छ।

४. सपनामा सर्प देखेमा

सपनामा साँप देख्दा जो कोहि डराउने गर्छन वा घृणा गर्न सक्छन तर यसरी सुतेको समयमा साँप देख्नु अत्यन्त शुभ मान्ने गरिन्छ। यदि तपाइँलाई साँपले लखेटेको ,घेरेको वा टोकेको देख्नु भएमा यो जान्नुहोस् कि तपाइँको जीवनमा ठूलो मानसम्मान,धन प्राप्त गर्नुका साथै तपाइँका हरेक कदम प्रगति उन्मुख हुनेछन्।

५. बलिरहेको दियोको साथमा भगवान प्रकट भएको देख्नुभएमा

तपाइँले सपनामा बलिरहेको दियोको साथमा भगवान प्रकट भएको देख्नु भएमा धेरै शुभ हुने गर्छ। यसरी सपनामा बलिरहेको दियो देख्नु भएमा तपाइँको जीवनमा नँया(नँया अवसरहरु प्राप्त हुँदै जानेछन् र यसको साथमा कुनै देव देवता प्रकट भएको देख्नुभएमा तपाइँको जीवनमा ठूलो सफलता मिल्नुको साथै सदैव खुशीयाली छाउन सक्छ।

Total Page Visits: 790 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्